लेनिनको जीवनको अन्तिम पथप्रदर्शित निर्देशन

लेनिनका अन्तिम पत्रहरु

लेनिनको जीवनको अन्तिम पथप्रदर्शित निर्देशन

अन्तिम टेस्टामेन्ट (करार) लेखन : डिसेम्बर १९२२–जनवरी १९२३ प्रथम प्रकाशनः सन् १९५६, कम्युनिस्ट (अंक ९) स्रोत : लेनिन संकलित रचनाहरू, भाग ३६ (पृष्ठ ५१३–६११) लेनिनले यी चिठ्ठीमा सोभियत सरकार र पार्टी संगठनमा परिवर्तन गर्न जोड दिएका छन् । र लेनिनको आवश्यक र कठोर कदम नचालेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् । यी चिठ्ठीहरूमा लेनिले सोभियत सरकार र यसका केही सदस्यहरू मुख्यतः स्टालिनको आलोचना गरेका छन् । यी चिठीहरू स्टालिनको निधनपछि सन् १९५६ मा प्रकाशित भएका हुन् ।

मृत्युको मुखमा मौखिक रूपमा तयार पारेका यी चिठ्ठीहरू केन्द्रीय समितिसम्म पु¥याउने र महाधिवेशनमा पूर्णरूपमा वाचन गराउने जिम्मा लेनिनले आफ्नो श्रीमती क्रुप्स्काय (जो आफ्नै हैसियतले बरिष्ठ नेत्री थिइन्) लाई दिएका थिए । तर, कुप्स्कायले लेनिनको निधन अघि र धेरै पछिसम्म पनि निकै ठुलो प्रयास गर्दा पनि यी चिठ्ठीहरूको पुर्ण सुनुवाइ केन्द्रीय सदस्यमा समेत मिलाउन सकिनन् । र पार्टी जीवनमा आन्तरिक जनवाद समाप्त हुने मात्रै नभइ सिंगो “श्रमिक राज्य”को निम्ति त्यसलाई असाध्यै नकारात्मक संकेतको रूपमा लिएको र लेनिनले स्टालीनबारेमा गरेको मुल्याङ्कन बहसको विषय छ । यो महाधिवेशनले हाम्रो राजनैतिक संरचनामा केही परिवर्तन गर्नैपर्छ भन्ने कुरा म जोडदार रूपमा राख्छु । मैले सबैभन्दा बढी महत्व दिएका कुरा तपाईंहरूलाई बताउन चाहन्छु । पहिलो नम्बरमा म केन्द्रीय समिति सदस्य संख्या बढाएर केही दर्जनदेखि सयसम्म पु¥याउनुपर्छ भन्छु । मेरो विचारमा घटनापरिस्थिति हाम्रो अनुकूल नभएको अवस्थामा यस्तो सुधार नगरिएमा हाम्रो केन्द्रीय समिति ठूलो संकटमा पर्नेछ (र अनुकूलता कहिल्यै निश्चित छैन) त्यसपछि महाधिवेशनले केहि शर्त राखेर राष्ट्रिय योजना आयोगको निर्णयहरूलाई व्यवस्थापिका (विध्येयक) को हैसियत दिनु प्रस्ताव गर्दछु जसको गर्दा केहि हदसम्म र केहि शर्तसहित द्वत्स्कीको इचछ्या पुरा हुन्छ ।

पहिलो कुराको सम्बन्धमा : केन्द्रीय समितिको prestige वृद्धि गर्ने, हाम्रो प्रशासनिक संयन्त्रको काममा क्षमता अभिवृद्धि गर्न र केन्द्रीय समितिको सानो समुहका बीचमा हुने अन्तरद्वन्द्वबाट बचाएर पार्टीको भविष्य सुनिश्चित गर्न केन्द्रीय समिति सदस्य संख्या वृद्धि गर्नुपर्छ । मलाई के लाग्छ भने हाम्रो पार्टीलाई मजदुर वर्गबाट ५० देखि १०० जनासम्म केन्द्रीय सदस्य माग्नु भने अधिकार हुनुपर्छ र ती वर्गका स्रोतसाधन माथी धेरै असर नपर्ने गरी त्यती जना लिन पनि सक्छौं । यस्तो संशोधनले हाम्रो पार्टीमा उल्लेख स्थायित्व ल्याउनेछ र आव्रmमक राज्यहरूको घेरौमा त्यसको सङ्घर्ष केहि सहज बनाउनेछ जुन धेरै मेरो विचारमा आउँदो केही वर्षमा अझ तिव्र हुनेछ । यस्तो कदमले हाम्रो पार्टीमा हजारौं गुणा स्थायित्व आउनेछ । लेनिन डिसेम्बर २३, १९२२ taken down by M.V. नोटको निरन्तरता डिसेम्बर २४, १९२२ केन्द्रीय समितिको स्थायित्व भन्दैमा (जसका बारेमा मैले माथि नै भनिसकें) फूट हुनु नदिनुको कदमको कुरा गर्दा छु, जहाँसम्म यस्ता कदमहरू लिनु सम्भव हुन्छ । किनकी वास्तवमा रूस्काया  (Russkaya Myst)  (वा इस.इसओल्डेन्बैर्ग) का प्रतिगमी सैनिक शक्ति (हृवाइटगार्ड)को अन्दाज सहि थियो जब हृवाइटगार्डले सोभियत रुसविरूद्ध षड्यन्त्र गर्दा पार्टी फुट्छ भन्ने ठाने र त्यो फूट् पार्टीभित्र गहिरो मतभिन्नता पक्कै खडा गर्छ भने आडको रूपमा लिए । हाम्रो पार्टी दुईवटा वर्गमाथि निर्भर भएका कारणले ती दुई वर्गबीच सहमति नहुँदा पार्टीको अस्थिरता आउनु सम्भव हुन्थ्यो र त्यसको पतन अनिवार्य । यस्तो अवस्थामा यो या त्यो कुरा गरेर हाम्रो केन्द्रीय समितिमा स्थायित्वको कुरा गर्नु समयको वर्वादी मात्र हो । यस्तो अवस्थामा कुनै पनि कुराले पार्टी फूटलाई रोक्न सक्दैन । तैपनि म के आशा गर्छु भने त्यो यति पर र दुर्लभ सम्भावना छ कि त्यसको चर्चा नगर्ने पनि हुन्छ । निकट भविष्यमा आउन सक्ने सम्भावित फुटलाई रोक्नको ग्यारेन्टीको रूपमा म अहिले स्थायीत्व भन्ने कुरा गर्दछु र निजी गुणहरूका बारेमा म केही विचारहरू अघि सार्छु । मेरो विचारमा यस कोणबाट हेर्दा स्थायित्वका सन्दर्भमा केन्द्रीय समितिका स्टालिन र ट्रटस्की जस्ता सदस्यहरू नै मुख्य तथ्य हुन् । यी दुईबिचको सम्बन्धले नै फूटको मुल खतरा छ । यसलाई टार्न तथ्य हुन् । यी दुईबीचको सम्बधले नै फूटको मुल खतरा छ । यसलाई टार्न सकिन्छ ।

मेरो विचारमा यसका लागि अन्य कुरासँगै केन्द्रीय सदस्य संख्या ५० देखि १०० सम्म पु¥याउनुपर्छ । कमरेड स्टालिनले महासचिव भएपछि आफ्नो हातमा असिमित अधिकार लिएका छन् । तर उनले यो अधिकार सधैं पर्याप्त होसियारीसहित प्रयोग गर्नुमा क्षमतावान हुन्छ भन्ने कुरामा म विश्वस्त छैन । अर्काेतिर कमरेड ट्रटीस्कीको हकमा पिपुल्स कमिसारियट आफ् कम्युनिकेसनको प्रश्नमा गरेको सङ्घर्षले उनी असाधारण क्षमतावान् हुन् भन्ने कुरा प्रमाणित गरिसकेको छ । व्यक्तिगत रुपले वर्तमान केसमा सायद उनी सबैभन्दा क्षमतावान् हुन् तर उनी अत्याधिक आत्मविश्वास देखाउनको साथै कामको शुद्ध प्रशासनिक पक्षमा अत्यधिक ध्यान पनि दिन्छ । हालको केन्द्रीय समितिको यी दुई प्रमुख नेताहरूको उक्त दुइवटा गुणले त्यतीकै पार्टीलाई फूटतर्फ धकेल्न सक्छ । हाम्रो पार्टीले यसलाई टार्न पाइला चालेन भने फूट अचानक ढंगले आउन पनि सक्छ । म केन्द्रीय समितिका अन्य सदस्यहरूका व्यक्तिगत गुणहरूका बारे मुल्यांकन गर्दिनँ । म यहाँ के मात्र स्मरण गर्न चाहन्छु भने जिनोभाइभ र कामेनेभ (हे भोलुम २६ पृष्ठ २१६–१९) सँग जोडिएको अक्टोबर परिघटना (episode)  कुनै दुर्घटना थिएन भने याद दिलाउन्छ । तर व्यक्तिगत रूपमा उनीहरूमाथि कसैले पनि आक्षेप लगाउन सक्दैन जसरी गैरबोल्सेभिकवादलाई ट्रट्स्कीमाथि आक्षेप लगाउन सक्दैन । युवा केन्द्रीय सदस्यहरूमध्ये म बुखारिन र प्याताकोभका बारेमा केही भन्छु । मेरो विचारमा उनीहरू (युवाहरूमध्ये) सबैभन्दा क्षमतावान् हुन् । उनीहरूका बारेमा सम्झिनु पर्ने कुरा के हो भने– बुखारिन पार्टीका महत्वपूर्ण र एक मुख्य सिद्धान्तकार मात्र होइनन्, सिंगो पार्टीपंक्तिमा सबभन्दा लोकप्रिय व्यक्ति पनि हुन् । तर, उनको सैद्धान्तिक दृष्टिकोणलाई ठूलै शंका बाँकी राख्दै मात्र पूर्ण माक्र्सवादी मान्न सकिन्छ । (उनले कहिल्यै पनि द्वन्द्ववाद अध्ययन गरेनन् । र मेरो विचारमा उनले यसलाई पूर्ण रूपमा बुझेका छैनन् । डिसेम्बर २५ । जहाँसम्म प्योजिकोभको कुरा छ, उनी महान् इच्छा र महान् खुबी (क्षमता) भएका व्यक्ति हुन् । तर, प्रशासन गर्न र प्रशासनिक कामप्रति उनको अति लागत छ कि गम्भीर राजनीतिक विषयमा उनमा भर पर्न सकिँदैन । यी दुई टिप्पणी अहिले मात्र जायज हुन्छ यदी यी पार्टीका दुवै क्षमतावान् र समर्पित कार्यकर्ताको ज्ञान बढाउने तथा एकपक्षीयतामा सुधार गर्नु भन्ने मौका मिल्ने हो । लेनिन् डिसेम्बर २५, १९२२ taken down by M.V.  माथीको पत्रमा थपिने कुरा स्टालिन ज्यादै रुखा छन् । हाम्रा बिचमा र हामी कम्युनिस्टहरूका बीचमा यो सहय हुन सक्छ । तर, उनको यो खराबी महासचिवका रूपमा साहृय हुनेखालको छैन । त्यसैकारणले स्टालिनलाई उक्त पदबाट हटाएर अर्काे व्यक्तिलाई नियुक्त गर्न म कमरेडहरूलाई सुझाव दिन्छु । उक्त व्यक्ति जो कमरेड स्टालिनभन्दा बढी धैर्यवान्, विश्वासिलो, नम्र र कमरेडहरूप्रति बढी समझदार होस् तर अभरिला नहोस् आदि । यो ससानो कुरा जस्तो देखिन सक्छ । तर, म के भन्छु भने पार्टीलाई फूटबाट बचाउन, यसअघि उल्लेख गरेझैँ स्टालिन र ट्रटस्कीबीचको सम्बन्धको कोणबाट हेर्दा यो चानचुने कुरा होइन बरु निर्णायक महत्व लिन पनि सक्छ । लेनिन taken b L.F.  जनवरी ४, १९२३ Sha चार क्रमशः (नोटको निरन्तरता) डिउसेम्बर २६, १९२२ मेरो विचारमा केन्द्रीय समितिका सदस्यहरूको संख्या ५० वा १०० सम्म वृद्धि गर्दा दुइटा वा तिनवटा उद्देश्य पुरा गर्न सक्नु पर्छ । जति बढी सदस्य छन् त्यति बढी प्रशासनिक काममा तालीम प्राप्त भएकाहरू हुन्छन् जसले गर्दा कुनै प्रकरणको कारणले फूट भइहाल्ने खतरा गठ्ने छ । धेरै कामदारहरूको भर्ती हाम्रो प्रशासनिक संयन्त्र (जो थात्रो छ ) लाई सुधार गर्नमा मद्दत पु¥याउनेछ ।

यसले हामीलाई पुरानो सत्ताबाट जस्तोको त्यस्तो पाएको थियो । किनभने छोटो अवधिमा र यो पनि युद्ध र अनुकालको बीचमा त्यसलाई पुर्नगठन गर्नु सम्भव थिएन । यस कारणले त्यो “आलोचकहरू जो हाम्रो प्रशासनको कमि कमजोरीबारे टिप्पणी गर्न रमाउन्छ तिनलाई उत्तर दिँदै सहज ढंगले उनीहरूले व्रmान्तिको वर्तमान अवस्था कदाफी बुझेका छैनन् भन्न सकिन्छ । ५ वर्षमा हामी नयाँ खालको राज्य सिर्जना गरेका छौं जसमा पुँजीपति वर्ग विरुद्ध मजदुरहरूले कीसानहरूलाई नेतृत्व दिइरहेका छन् । त्यो आफै महान उपलब्ध नै हो । तैपनि त्यो सत्यताले गर्दा कुनै पनि हालतमा हाम्रो प्रशासनको स्रोत पुरानो सत्ता नै हो भन्ने कुरा बिर्सनु हुँदैन । शान्तिको सुरुवात र अनुकालको न्युनतम व्यवस्था गरेको सन्दर्भमा अहिले हाम्रो सम्पूर्ण काम प्रशासनिक संयन्त्र सुर्धानुभा केन्द्रित गराउनु पर्छ ।” हाम्रो प्रशासनिक संयन्त्रको निरिक्ष, सुधार र पुननिर्माण गर्नको निम्ति दुई दर्जन मजदुरहरू जो के.स.का सदस्य हुन् भन्दा सक्षमा मानिसहरू खोज्नै सक्तैन । सुरूमा यो जिम्मा दिएको मजदुर किसान निरिक्षालय (Inspectorate) त्यो काम पूरा गर्न नसकेकोले त्यसलाई केहि शर्त राखेर ती के.स. सदस्यहरूका सहयोगीको रूपमा मात्र सामेल गर्न सकिन्छ । मेरो विचारमा के.स.मा ल्याउने मजदुरहरू सोभियत निकायहरूमा लामो अनुभव भएकाहरूबाट नलिनु बेस हुन्छ (मेरो पत्रको यो भागमा मजदुर भन्दैमा किसान पनि पर्दछ) । प्रशासनको अनुभवी नलिनुको कारण के हो भने हटाउनु पर्ने पूर्वग्रह र परम्पराहरू उनीहरूको भैसकेको छ । के.स.म. भने गर्न मजदुर वर्ग सदस्यहरूले मत ५ वर्षमा निकायमा काम गर्नका निम्ति बढुवा गरेका मजदुरहरू भन्दा अझ तल सामाजिक तहका मानिसहरू हुनुपर्छ । तिनीहरूले सामान्य मजदुर किसान नजिकका हुनुपर्दछ र उत्पीडनमा प्रत्यक्ष वा अपरोक्ष रूपले संलग्न नभएकाहरू । के.स. र राजनैतिक व्युरोको सबै बैठकमा भाग लिन्दै र के.स. का सबै दस्तावेजहरूलाई पढ्दै त्यसता मजदुरहरू सोभियत प्रणालीको समर्पित स्टाफमा विकसित हुन सक्छ म ठान्छु । पहिलो कुरा उनीहरूले के.स. स्वयम्लाई स्थायित्व दिन्छन् । दोस्रो कुरा राज्य संयन्त्रको सुधार र पुनार्जागरणमा प्रभावकारी काम गर्न सक्नेछन् । 

(लेनिन संकलित रचना, भाग ८)