चुनावमा स्मार्ट सिटिका सपना देखाउने कैलालीका जनप्रतिनिधिप्रति जनगुनासो

अन्धकार छ, कैलालीको चुरे क्षेत्र लाज लाग्दैन सरकार ?

चुनावमा स्मार्ट सिटिका सपना देखाउने कैलालीका जनप्रतिनिधिप्रति जनगुनासो

राजन जैगडी । के चुरे क्षेत्रमा बस्ने जनता होइनन् ? के पहाडी क्षेत्रमा बस्ने जनताको मतको कुनै मूल्य छैन । सबैको जवाफ आउँछ सबै नागरिक बराबर हुन् । तर चुरे क्षेत्रमा अधिकांश बस्तीहरुमा विद्युतको सेवा पुग्न सकेको छैन । यसको जिम्मेवारी न कुनै जनप्रतिनिधिले लिएका छन् न कुनै सरोकार वाला निकायले ! यसको जिम्मेवारी कसको त ? प्रश्न खडा भएको छ । चुनावमा स्मार्ट सिटिका सपना देखाउने जनप्रतिनिधि आफ्नो समस्याको समाधानमा असक्षम भएको जनगुनासो बढिरहेको छ । विद्युतीकरणको सुविधाबाट वञ्चित जनता अँध्यारोमा बस्नुपर्दा गाउँ गाउँ मै सिंहदरबार भन्ने नारालाई गिज्याइरहेको पुष्टि हुन्छ । 

सुदुर पश्चिम्को राजधानी तोकिएको क्षेत्र कैलालीको गोदावरी नगरपालिकाका चुरे क्षेत्रमा देश संघियतामा गएको करिब ३ बर्ष भन्दा बढी भइसक्दा पनि कुनै सरोकारवाला निकायको आँखा जान सकेको छैन अरु समस्या त यथावत छन् तर २१ औ सताब्दीमा पुग्दा पनि जनता अन्धकार मै बस्नु परिरहेको छ । यसको असर प्रत्येक क्षेत्रमा परेको छ । पक्की सडक, पक्की पुलका कुरा परै छन्, आँखाले विद्युतिय उज्यालो समेत उपभोग गर्न पाएको छैन भन्दै जनताका बिचमा निराशा देखिएको छ । प्रत्येक चोटि सरकार बन्दा नेता र सरोकार वाला निकाय कहाँ धाइरहे पनि गुहार्दा कुनै सुनुवाइ नहुनुमा जनताले सरकार माथीको भरोसा टोड्न बाध्य भएका छन् । ‘केन्द्र सरकारसम्म पहुँच छैन, स्थानिय सरोकार वाला हाम्रो हातमा छैन भनेर टार्ने काम गर्छन्, हामी कस्कोमा जाने अन्योलमा छौ ।’ स्थानिय जनताको गुनासो छ । 

तीन वितरण केन्द्र मध्य धनगढी वितरण केन्द्र अन्तर्गतको चुरे गाउँपालिकाका वडा नं.३, ५, ६  मोहन्याल गाउँपालिकाको वडा न ५ र गोदावरी नगरपालिकाको वडा नं. १२ चाप, सल्लि, नाइलमा अझै बत्ती बल्न सकेको छैन । चुरे गाउँपालिका अन्तर्गत ३, ५, ६ मा काम भई रहेको र निर्माण सामाग्रीको अभाव नभए यसै बर्ष बत्ति बाल्न सकिने वितरण कार्यालय धनगढीका निमित्त कार्यलय प्रमुख राकेश शाहले जानकारी दिए । मोहन्याल गाउँपालिका वडा नम्बर ५ क्षेत्रमा अझै काम सुरु नै नभएको र गोदावरीको वाड नं. १२ को चाप ,सल्ली क्षेत्रमा तार तान्न बाकी रहेकोले ढिलाइ भएको शाहले जानकारी दिए । केही क्षेत्रका लागि टेन्डर खुलेको र अब केही महिनामा काम अगाडि बढ्ने उनले बताए ।