मधेशमा गहुँ काट्ने मसिन

मधेशमा गहुँ काट्ने मसिन

चैत १३, परासी । गहुँ विश्वको एक प्रमुख अन्न बाली हो । यो विश्वका प्राय सबै देशमाई खेती गरिन्छ । गहुँ पीठोजनित उत्पाद हो । देशको अधिकांश भागमा गहुँको पीठोको रोटी बनाएर खाइन्छ, जो एक प्रमुख खाद्य हो । गहुँको नल वा छ्वाली पशुआहारमा पनि प्रयोग हुन्छ । १९६० को दशकको अन्ततिर गरियाको हरित क्रान्तिले गहुँको उत्पादन वृद्धिमा धेरै प्रभावकारी असर पारेको थियो । नेपालमा गहुँको अनुसन्धान केन्द्र भैरहवामा छ ।

विज्ञान र प्रविधिको उच्चतम प्रयोगले उत्पादनमा बृद्धि भइरहेको छ । अहिले जताततै गहुँ पाकेको छ । किसानहरुले गहुँका काट्नका लागी कम्पायन मसिनको प्रयोग गर्न सुरु गरेका छन् । कम्पायन मसिनले प्रतिविघा ५ हजारको दरले गहुँ काटिरहेको छ । कम्पायन मसिनका लागी १ विघा गहुँ काट्न पौने एक घण्टा लाग्ने गर्दछ ।