अर्घाखाँचीमा कर सहभागीता अभियान

अनिल नेपाली । फागुन २९, अर्घाखाँची । सन्धिर्खक नगरपालिका अर्घाखाँचीको आयोजनामा कर सहभागिता अभियान आरम्भ गरेको छ । 

नगर प्रमुख कमल प्रसाद भुसाल सम्पत्ति कर तथा उपप्रमुख ठाकुर कुमार विकले आफनो व्यवसायको कर भुत्तानि गरि अभियानको आरम्भ गर्नुभएको हो । नगर प्रमुख कमल प्रसाद भुसालले थोर रकम लिएर करको दायरा बढाउने बताउनुभयो । जनतालाई राहत हुने गरि काम भईरहेको बताउनुभयो । 

प्रमुख प्रशासकिय अधिकृत कृष्णा प्रसाद सापकोटाले लक्ष्य भन्दा बढि रकम सकलन गर्ने बताउनुभयो । 

कार्यक्रममा उधोग वाणिज्य महासघका पुर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, पाणिनि क्याम्पस प्रमुख बुद्वि प्रसाद भुसाल,उधोग वाणिज्य सघका अध्यक्ष युवराज श्रेष्ठ,चेम्वर अफ कर्मशका महेन्द्र सेजवाल,नेपाल पत्रकार महासघका उपाध्यक्ष गणेश खनाल नगर उपप्रमुख ठाकुर कुमार विकको अध्यक्षता,राजस्व प्रमुख मुत्ति खनालको सञ्चालन र नगर प्रवत्ता लिलाराम गौतमको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको छ ।