कोरोना सङ्क्रमणबाट विश्वभर २५ लाख ७ हजार भन्दा बढीको मृत्यु

२ करोड १८ लाख ७५ हजार ५६४ उपचारमा

कोरोना सङ्क्रमणबाट विश्वभर २५ लाख ७ हजार भन्दा बढीको मृत्यु

फागुन १३, बुटवल । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघेको छ । तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा १० हजार ८०७ जना कोरोना सङ्क्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाबाट र्मत्यु हुनेको सङ्ख्या २५ लाख ७ हजार ७२४ पुगेको हो । 

पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजार बढीमा सङ्क्रमण पुष्टि भएसँगै विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ११ करोड ३० लाख ८३ हजार ३५ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ४ लाख ४९ हजार ४९२ जना निको भएसँगै विश्वभर कोरोना भाइरसबाट निको हुनेको सङ्ख्या ८ करोड ८६ लाख ९९ हजार भन्दा बढी पुगेको छ । 

त्यसैगरी २ करोड १८ लाख ७५ हजार ५६४ जना अहिले उपचार गराइरहेका छन् । यसमध्ये ९१ हजार ८५६ जनाको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ ।
सङ्क्रमणबाट विश्वमा सबैभन्दा धेरै प्रभावित अमेरिकामा ५ लाख १८ हजार ३६३ जनाभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको पनि जनाइएको छ । यसैगरी ब्राजिलमा २ लाख ५० हजार ७९ जना, भारतमा १ लाख ५६ हजार ७४२ जना, रूसमा ८४ हजार ४३० जना, बेलायतमा १ लाख २१ हजार ७४७ जना, फ्रान्समा ८५ हजार ३२१ जना, इटालीमा ९६ हजार ६६६ जनाको मृत्यु भएको छ ।