‘हामी ३ बुँदे सहमतिप्रति प्रतिबद्ध छौँ, झुटो प्रचारबाजी बन्द गर’ : विप्लव सचिवालय 

‘विप्लव गुमनाम’ शीर्षकको समाचारमा कुनै सत्यता नभएको

‘हामी ३ बुँदे सहमतिप्रति प्रतिबद्ध छौँ, झुटो प्रचारबाजी बन्द गर’ : विप्लव सचिवालय 

बुटवल : नेपालका केही सञ्चारमाध्यमले ‘विप्लव गुमनाम’ शीर्षकको समाचार प्रकाशित गरेपछि नेकपाका महासचिव विप्लवको सचिवालयले त्यसको खण्डन गरेको छ । 

महासचिव विप्लवको सचिवालयका तर्फबाट असलले शनिवार प्रेस नोट जारी गर्दै चैत २७ गते केहि सञ्चार माध्यममा प्रकाशित समाचारले भ्रम उत्पन्न गरेकोले यस्ता समाचारमा सत्यता नभएको बताएका छन् । 

प्रेस नोटमा भनिएको छ, ‘हिजो चैत २७ गते केही सञ्चार माध्यममा ‘विप्लव गुमनाम’ शीर्षकमा प्रकाशित समाचार टिप्पणीमा कुनै सत्यता नरहेको कुरा स्पष्ट गर्दछौँ । हाम्रो पार्टी र महासचिव कमरेड विप्लव पार्टीको राजनीतिक सङ्गठनात्मक काममा व्यस्त रहेको कुरा पनि जानकारी गराउँछौँ । नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच गत फागुन २१ गते भएको सहमतिलाई भाँड्ने प्रवृत्तिद्वारा प्रेरित प्रचारबाजी मात्र भएको स्पष्ट गर्दछौँ । साथै यस्ता अनुचित प्रचारबाजी बन्द गर्न पनि अनुरोध गर्दछौँ । हाम्रो पार्टी ३ बुँदे सहमतिप्रति पूर्ण प्रतिबद्ध रहेको यहि प्रेस नोटमार्फत अवगत गराउँछौँ ।’