लुम्बिनी ब्युरोका सबै जिल्लामा वालपेन्टिङ (फोटोचित्र) 

संगठनलको चौठों राष्ट्रिय सम्मेलनको प्रचार–प्रसार स्वरुप

लुम्बिनी ब्युरोका सबै जिल्लामा वालपेन्टिङ (फोटोचित्र) 

बुटवल : नेपाल कम्युनिस्ट पार्टीको अग्रभागीय संगठन युवा संगठन नेपाल लुम्बिनी ब्युरोले ब्युरो भित्रका सबै जिल्लामा वालपेन्टिङ नाराहरू लेखेको छ ।

संगठनको चौठों राष्ट्रिय सम्मेलनको प्रचार–प्रसार स्वरुप ब्युरोका रूपन्देही, कपिलवस्तु नवलपुर, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लाका विभिन्न सार्वजनिक स्थलका भित्ताहरूमा नाराहरू लेखेको संगठनका लुम्बिनी ब्युरो इन्चार्ज क. विश्लेषणले बताए । 

विश्लेषणले भने, ‘ हामी निरन्तर जनताबीच अभियानमा छौं, संगठनको चौठो राष्ट्रिय सम्मेलनको तयारी स्वरुप लुम्बिनी ब्युरोका सबै जिल्लाहरूमा वालपेन्टिङ अभियानलाई निरन्तर अगाडी बढाईरहेका छौं । हामी क्रान्तिको यात्रामा दृढ भएर लागिरहेका छौं, हाम्रो यात्रा कहिल्यै अविचलन हुनेछैन ।’