‘बेपत्ता योद्धा र घाइतेहरूको अभिभावकत्व हामी लिन्छौँ’ : विषम

चितवनमा ‘सहिद तथा बेपत्ता नागरिक र राज्यको दायित्व’ विषयक अन्तरक्रिया

‘बेपत्ता योद्धा र घाइतेहरूको अभिभावकत्व हामी लिन्छौँ’ : विषम

भरतपुर : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य विषमले जनयुद्ध र जनआन्दोलनका क्रममा सहिद भएका, बेपत्ता पारिएका योद्धाहरूको अभिभावकत्व आफ्नो पार्टीले लिने बताएका छन् ।

बुधबार चितवन जिल्लाको जिल्ला विकास समितिको हलमा जनक्रान्तिका महान् सहिद परिवार संगठन, नेपाल र राज्यद्धारा बेपत्ता योद्धा परिवार समाज, नेपालद्धारा आयोजित ‘सहिद तथा बेपत्ता नागरिक र राज्यको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै विषमले उक्त कुरा बताएका हुन् । उनले गत पलागुन २१ गते सरकार र नेकपाबीच भएको सहमतिलाई सरकारले इमान्दारपूर्वक लागु गर्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय जनजागरण मञ्चका संयोजक गुणराज लोहनीले जसले सहिद, बेपत्ता योद्धाहरूको सपना साकार पार्न आन्दोलन गर्छ सहिद र बेपत्ता उनीहरूको हुने बताए । उनले यो राज्यले जनयुद्धका सहिद र वेपत्ता योद्धाहरूलाई द्धन्द्धको क्रममा मारिएका वा बेपत्ता पारिएका भनी अवमूलयन गरेकाले वर्तमान सरकार र सत्ताले केही नगर्ने बताए । 

कार्यक्रममा नारायणी ब्युरो इन्चार्ज शितल, रणनीति संयुक्त मोर्चाका केन्द्रीय सदस्य भेषराज भुसाल, जनस्वास्थय कर्मी महासंघका महासचिव डाक्टर प्रकाश चन्द, नेकपा क्रान्तिकारी माओवादी की निशा न्यौपाने, राष्ट्रिय जनअधिकार अभियानकी केन्द्रीय सदस्य सरला रेग्मी लगायत मानवअधिकार कर्मीहरूले बोलेका थिए । 

कार्यक्रममा नेकपाकी केन्द्रयि सदस्य सावित्रा दुराले आधार पत्र प्रस्तुत गरेकी थिइन् । बेपत्ता योद्धा परिवार समाज, नेपालका अध्यक्ष रामबहादुर थापा ‘बादल’ को सभापतितवमा खुमा सुवेदीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।