तनहुँमा युवा संगठन नेपालद्धारा नगर कमिटी गठन 

भानुभक्त नगर पालिकामा अम्मरको नेतृत्वमा १५ सदस्यीय नगर कमिटी गठन

तनहुँमा युवा संगठन नेपालद्धारा नगर कमिटी गठन 

तनहुँ : नेपाल कम्युनिस्ट पार्टीको अग्रभागीय संगठन युवा संगठन नेपालले गण्डक ब्युरो अन्तर्गत तनहुँ जिल्लाको भानुभक्त नगर पालिकामा एक कार्यक्रमका बिच कमरेड अम्मरको नेतृत्वमा १५ सदस्यीय नगर कमिटी गठन गरेको छ । 

उक्त कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा गण्डक–धौलागिरी ब्युरो इन्चार्ज क. विजयकुमारले युवाहरूलाई प्रशिक्षित पार्दै भने, ‘दलाल पुंजीवादी संसदीय ब्यवस्थामा आसिन शासकहरुले आर्थिक समृद्धको नाममा दक्ष युवा जनशक्तिलाई ठाउँका ठाउँ ढाट छल र भ्रम छरे । आर्थिक समृद्ध त्यतिबेला हुन्छ, जुनबेला मुलुकमा उधोग कलकारखाना खोलेर युवाहरुलाई रोजगारको सिर्जना हुन्छ । तर नेपालमा त्यसको विपरित रहेको उल्टै पञ्चायतीहरुले निर्माण गरेका समेत उधोग कलकारखाना विदेशी दलालहरुलाई कौडीको भाउमा बेचेर, युवाहरूलाई खाडि मुलुकको गल्लि गल्लीमा बस्तुको भाउमा बेचेर अझै हावा एवम् तथ्यहिन कुरा गरेर भ्रम फैलाई सामाजिक अपराध गरिरहेका छन् ।’ उनले अहिलेको दलालहरूमा त्यस्तो कुनै युवा सम्बन्धि नयाँ र पृथक खालको कार्यक्रम लन्च नहुने, बरु युवाहरुलाई लागु औषधमा डुबाईदिएर जाँड, रक्सि खुवाएर लठ्ठ पार्दै आफ्नो असली दास बनाउनेमा दुई मत नरहेको ठोकुवा गरे । उनले यस्ता भ्रामक तथा दमनको चङ्गुलबाट पूर्ण रुपमा मुक्त हुनको लागी देश तथा विदेशमा छरिएर बसिरहेका सबै क्रान्तिकारी युवाहरु एकीकृत जनक्रान्तिको झण्डा मुनि गोलबन्द भई दलाल पुंजीवादी संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापनाको विकल्प नरहेको धारणा व्यक्त गर्दै उपस्थित सबै युवाहरु लाई स्पस्ट पारेका थिए । 

उक्त नगर कमिटी गठन भेला कार्यक्रममा जिल्ला इन्चार्ज क.निशान, गण्डक ब्युरोका जनपरिषद प्रमुख क. निरुको उपस्थिति रहेको थियो ।