लुम्बिनी प्रदेश सभा सदस्य  न्यौपानेले गरे गाडी फिर्ता

सांसदबाट हटेपछि सरकारी सुविधा लिनु आवश्यक नभएको

लुम्बिनी प्रदेश सभा सदस्य  न्यौपानेले गरे गाडी फिर्ता

तिलोत्तमा, २५ चैत । लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपानेले गाडी फिर्ता गरेका छन् । सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि एमालेमा लागेका न्यौपाने र अर्का प्रदेश सभा सदस्य दिनेश पन्थीलाई माओवादीले कारवाही गरेको थियो ।

कारवाहीपछि प्रदेश सभा सदस्य नरहेका न्यौपानेले संसदीय समितिको सभापतिको हैसियतमा लिएको लु १ झ ४४९ नम्बरको गाडी र एउटा स्ट्यान्ड पंखा संसद सचिवालयलाई फिर्ता गरेका हुन् । सांसद पदबाट हटेको भोलिपल्टै उनले गाडी फिर्ता गरेका हुन् । 

सांसदबाट हटेपछि सरकारी सुविधा लिनु आवश्यक नभएको भन्दै उनले बुधबार बिहान १० बजे गाडीको साँचो संसद सचिवालयलाई हस्तान्तरण गरेका हुन् ।