‘मालेमावादको प्रारम्भिक ज्ञानपुञ्ज’ नामक पुस्तक प्रकाशित 

भेषराज भुसालको लेखन तथा सम्पादन रहेको

‘मालेमावादको प्रारम्भिक ज्ञानपुञ्ज’ नामक पुस्तक प्रकाशित 

बुटवल : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले ‘मालेमावादको प्रारम्भिक ज्ञानपुञ्ज’ नामक पुस्तक प्रकाशित गरेको छ । 

नेपाल कम्युनिस्ट पार्टीको स्कुलिङ विभाग प्रमुख भेषराज भुसालको लेखन तथा सम्पादन रहेको उक्त पुस्तकमा नेकपाका महासचिव ‘विप्लव’ले मन्तव्य लेखेका छन् । मन्तव्यमा महासचिव ‘विप्लव’ले प्रकाशित पुस्तकले सरल र आधारभुत कम्युनिस्ट ज्ञान दिने दर्शन, अर्थशास्त्र र साम्यवादलाई सरल तरिकाबाट बुझाउँन मढ्दत पुग्ने भन्दै यसले असल कम्युनिस्ट बन्न चाहने, पार्टीमा नयाँ भर्ती भएका कार्यकर्ताहरूलाई वैचारिक दृष्टिकोण निर्माण गर्न सजिलो हुने विश्वास व्यक्त गरेका छन् । 

महासचिवले दर्शन, अर्थशास्त्र र साम्यवादलाई आम नागरिकको चासो र सरोकारको विषय बनाएर मात्र साम्यवादी आदर्शले भौतिक जीवन प्राप्त गर्ने उललेख गरेका छन् । किताबभित्र महत्वपूर्ण राष्ट्रिय, अन्तराष्ट्रिय दिवसहरू, वैज्ञानिक समाजवाद तथा साम्यवादी सिद्धान्तका प्रणेता र प्रयोगकर्ताको संक्षिप्त परिचयको साथै एकिकृत जनक्रान्तिका सहिदहरूको सूचि समेत उल्लेख गरिएको छ ।

यस्तै दर्शनशास्त्र, वैज्ञानिक समाजवादी अर्थशास्त्र तथा वैज्ञानिक समाजवादको बारेमा ३ खण्डमा विषयसूची तयार पारिएको पुस्तकले विश्व दृष्टिकोण निर्माण गर्नेमा महत्वपूर्ण भूमिका निवार्ह गर्ने अपेक्षा गरिएको छ ।