डोटीमा वडा स्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन 

प्रतियोगिताहरुमा हाजिरीजवाफ, हिसाब डौद, म्युजिक चेयर, श्रुति लेखन, भलिबल खेल लगायतका प्रतियोगिता हुने

डोटीमा वडा स्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन 

डोटी : डोटी जिल्लाको वडी केदार गाउँ पालिकाको आयोजनामा वडा स्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

वडा नं. – ५ को युवा वर्ष आधारभूत विद्यालय कुन्थलमा गाउँ पालिका अध्यक्ष कृष्ण बहादुर चन्दले मैनबत्ती बालेर र ब्यानर पढेर प्रतियोगिताको उदघाटन गरेका थिए ।

कार्यक्रमको अध्यक्षता सोही विद्यालयका वि.व्य.स. का अध्यक्ष उपेन्द्र बोहरा, प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष कृष्ण बहादुर चन्द, आतिथ्यमा नेकपा जिल्ला सदस्य कृष्ण बहादुर बोहरा लगायत वुद्धिजीवी र समाजसेवी उपस्थित रहेका थिए भने कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षक भरत बहादुर चन्दले गरेका थिए । 
यसैगरी वडा नं. – ४को शिवजी मावि भुज्यालीमा गाउँ पालिका उपाध्यक्ष इन्द्रा बोहरा (भाट)ले मैनबत्ती बालेर र ब्यानर पढेर प्रतियोगिताको उद्घाटन कार्यक्रम गरेका थिए ।

सो कार्यक्रमको अध्यक्षता सोही विद्यालयका वि.व्य.स. अध्यक्ष प्रेम सार्की, प्रमुख अतिथि वडी केदार गाउँ पालिका उपाध्यक्ष इन्द्रा बोहरा (भाट), अतिथिमा नेपाली कांग्रेस नेता बालकृष्ण जोशी, नेकपा जिल्ला सदस्य तथा वडी केदार गाउँ पालिका इन्चार्ज लक्षमण ताडी लगायत उपस्थित रहेका थिए भने कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षक नविन मौनीले गरेका थिए । 

दुवै वडामा सञ्चालन भएका खेलकुद प्रतियोगिताहरुमा हाजिरीजवाफ, हिसाब डौद, म्युजिक चेयर, श्रुति लेखन, भलिबल खेल लगायतका प्रतियोगिता हुने र दुइदिनसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् ।