आलितालको संक्षिप्त परिचय र नेता पुनको उत्सुकता

आलिताल प्राकृतिक र धार्मिक हिसावले महत्वपूर्ण छ – नेता पुन 

आलितालको संक्षिप्त परिचय र नेता पुनको उत्सुकता

मनोज रावत । आलिताल प्राकृतिक र धार्मिक दृष्टिकोणले महत्वपूर्ण भएको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले बताएका छन । शनिबार उक्त क्षेत्रको अवलोकन गर्न पुगेका नेता पुनले आलिताल प्राकृतिक रूपले अति सुन्दर र धार्मिक हिसावले पनि उत्तिकै महत्वपूर्ण भएको बताएका हुन । 

पूर्वबाट २०५८ सालमा आफ्नो पार्टीले शुदुर पश्चिमको जिम्मेवारीमा खटाइएपछि आफुले पहिलोपटक यस क्षेत्रको अवलोकन गरेको बताए । आफ्ना साथीहरुले यस क्षेत्रमा आलिताल रहेको र उक्त तालकै नामबाट गाविसको नामांकरण गरिएको सुनाएपछि आफुलाई यस क्षेत्रको बारेमा जान्न र अध्ययन गर्न उत्सुकता जागेपछी त्यो समयमा म पहिलो पटक आलिताल आएको बताए । जुन समयमा ताल सम्म आउन सडकको बिस्तार नभएको र आफुहरु बुडर – जोगबुढा सडक खण्डको घुम्ति बजारबाट करिब ३ किलोमिटरको पदैल यात्रा गरि तालको अवलोकन गर्न आएको उनि बताउछन । साथै यस क्षेत्रको प्रचारप्रसार गर्न कोलागि २०५९ देखी २०६२ साल सम्म “शुदुरपश्चिमको पर्यटन सम्भावना“ को बिषयमा आलिताललाई बिशेष प्राथमिकता र महत्व को रुपमा फिचर लेखहरु बिभिन्न पत्रिकामा प्रकाशन गरेको समेत बताए । पछिल्लो समय आलितालको प्राकृतिक सुन्दरता थप सिङ्गारिदै गएको र अहिले आफुहरु यहा आउदा एकदमै रमाइलो र खुसि भएको बताउँछन् । यस क्षेत्रलाई स्थानिय सरकारले बिषेश महत्व र प्रमुख आयश्रोत को रुपमा प्रचार प्रसार गर्न समेत आग्रह गरेका छन् । 

आलितालको संक्षिप्त परिचय :

प्राकृतिक सौन्दर्यता र जैबिक बिबिधताले भरिपूर्ण, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण र प्रचुर सम्भावना बोकेको आलिताल धनगढी डडेल्धुरा ( भिमदत्त ) राजमार्गमा पर्ने बुडर बजारबाट करिब १५ किलोमिटर र बुडर – जोगबुढा सडकको घुम्ति बजार बाट ३ कि.मि. उत्तर मा आलिताल गाउँ पालिका वार्ड नं ३ मा अवस्थित छ । समुद्री सतहबाट करिब ८०० मिटरको उचाइमा महाभारत पहाड शृङ्खलाको फेदीमा मनोरम दृश्य ले सुसज्जित छ । चारैतिर हरियाली बन र डाँडाले घेरिएको तालको लम्बाई ४०० मिटर , चौडाई २०० मिटर , गहिराई २२ मिटर र ब्यास १.५ मिटर रहेको आलिताल धार्मिक दृष्टिकोणले पनि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । 

यस आलिताल क्षेत्रमा परापूर्व कालमा ताल रहेको स्थानमा ठुलो खेत रहेको र असारको महिना खेतमा रोपाईं हुने अघिल्लो दिन एक महिलाले खेतमा रोपाईं गर्दा अनिष्ट हुने सपना देखिन । ति महिलाले उक्त सपना बारे परिवार र गाउँलेलाई बताइन तर उनको कुरामा कसैले पनि विश्वास गरेनन् र खेतमा गई रोपाइँ गर्न थाले । रोपाइ गरिरहेकै बेला अबिरल बर्षा हुन लाग्यो र बर्षा संगै ठुलो शक्तिशाली राँगो र नाग प्रकट भए संगै खेतमा पनि भरिन थाल्यो फलस्वरुप खेताला र हलगोरु डुबेर मरे तर सपना देख्ने ति महिला खेताला लाई खाना बनाउन घर गएकाले बाचेको थिइन् । उनि खेतमा ( पछि ताल भएको ठाउँमा ) आउदा भगवान शिवले दर्शन दिएको र ति महिला देवि बनेर तालमा बसेको किम्बदन्ती रहेको छ । आलितालको पुर्ब पट्टी रहेको मन्दिर श्रद्धालु भक्तजनहरूको पुजापाठ गर्ने गर्दछन् । यहा हरेक बर्ष माघे सङ्क्रान्ति र बैशाख संक्रान्तिमा भब्य मेला लाग्ने गर्दछ । 

आलितालको प्राकृतिक सुन्दरतालाई अवलोकन गर्न १.५ किलोमिटरको पक्कि पदमार्ग निर्माण गरिएको छ । पर्यटकलाइ ताल सयरको लागि ५ ओटा डुंगाको ब्यबस्था गरिएको छ । बनभोज स्थल, खानेपानि, सौचालय , पानि निकास , पार्किङ स्थल , सितल पार्टी र चमेना गृहको पनि निर्माण गरिएको छ ।