होली खेलेर संकलन गरिएको रकम मिर्गौला पिडित जितेन्द्रलाई सहयोग 

टमाटाको उपचारका लागि करिव १३ लाख रुपैयाँ आवश्यक पर्ने

होली खेलेर संकलन गरिएको रकम मिर्गौला पिडित जितेन्द्रलाई सहयोग 

डडेल्धुरा: डडेल्धुराको जोबुढामा होली खेलेर संकलन गरिएको रकम मृगौला पीडितका लागि सहयोग गरिएको छ ।

जिल्लाको परशुराम नगरपालिका वडा नं ४ कटालका जितेन्द्र टमाटाको उपचारका लागि सहयोग गरिएको हो। टमाटाको दुबै मृगौला फेल भएर धनगढी स्थित माया मेट्रो अस्पतालमा डायलासिस गराइरहेका छन् । दुई वटै मृगौला फेल भएका टमटाको आर्थिक अवस्था कमजोर रहेकाले उनको उपचारमा समस्या भई रहेको छ । उनको उपचार गर्न सक्ने पारिवारिक अवस्था समेत न रहेकाले आर्थिक संकलन जुटाउन लागिएको युवाहरूले बताएका छन । रेडज्वाला होली कमिटी मार्फत होलीको आयोजना गरि आइतबार सम्म ३८ हजार ३ सय ४१ रुपैयाँ आर्थिक संकलन गरि परिवारलाई बुझाइएको विश्व हिन्दु युवा संघ परशुरामका अध्यक्ष रोहन ऐरले बताए ।

टमाटाको उपचारका लागि करिव १३ लाख रुपैयाँ आवश्यक पर्ने अस्पतालले जनाएको छ । जितेन्द्रकी आमाले छोरालाई एक मृगौला दिने बताएकी छन् । टमाटाको उपचारका लागि सहयोग गरिदिन सबैलाई आग्रह समेत गरिएको छ । कृषि विकास बैंक लिमिटेडमा जितेन्द्र टमाटाको खाता नं ०८२७२०१५०२८७१०१९ मार्फत सहयोग गर्न सकिनेछ ।