भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध प्रदर्शनमा १२ जनाको मृत्यु

ब्राह्राणबरिया लगायतका स्थानमा विरोध प्रदर्शन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध प्रदर्शनमा  १२ जनाको मृत्यु

बुटवल : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा गरिएको प्रदर्शनमा १२ जनाको मृत्यु भएको छ ।

उनको बंगलादेश भ्रमणको विरोधमा तीन दिनयता जारी हिंसाका कारण १२ जनाको मृत्यु भएको जनाइएको छ । ब्राह्राणबरिया लगायतका स्थानमा हिजो पनि विरोध प्रदर्शन भएको थियो ।

मोदीले विरोधका बाबजुद बंगलादेशका संस्थापक तथा वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता शेख मुजीबुर रहमानको ५० औं जन्म शताब्दी समारोहमा भाग लिएका हुन् ।