वैज्ञानिक समाजवादको पक्षमा जनमत तयार गर्छौं : कृति

हामीले सम्झौता होइन, ३ बुँदे सहमति गरेका छौं : कृति 

वैज्ञानिक समाजवादको पक्षमा जनमत तयार गर्छौं : कृति

चैत १४, बुटवल । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कृतिले पार्टीले वैज्ञानिक समाजवादको पक्षमा जनमत तयार गर्ने बताउनु भएको छ । नेता कृतिले पार्टीले सरकारसित सम्झौता नभई ३ बुँदे सम्झौता मात्र गरेको स्पष्ट गर्दै अव नेता र पार्टी होइन, व्यवस्था चुन्न जनमत आवश्यक भएको बताउनु भएको छ । 

उहाँले युवा संगठन नेपाल लुम्बिनी ब्युरोले शनिबार बुटवलमा गरेको राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै भन्नुभयो, “आजको दलाल पुँजीवादका विरुद्ध नेपालका सेना र प्रहरीले समेत लड्नुपर्छ ।” उहाँले भन्नुभयो, “राष्ट्रियतामाथि साम्राज्यवादको हस्तक्षेप विरुद्ध जीवनमरणको संघर्ष गर्नुपर्छ ।” पुँजीवादको शोषण कायम रहँदासम्म क्रान्तिलाई कहिल्यै निभ्न नदिने समेत बताउनु भयो ।

उहाँले पार्टी र क्रान्तिमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै संसदीय पुँजीवादी व्यवस्थाले पैदा गरेको संकट र यसको समाधानका लागी संघर्ष आवश्यक भएको बताउनु भएको छ । उहाँले आजका युवाहरु पुँजीवादको दास हुन नहुने भन्दै वैज्ञानिक समाजवाद प्राप्तिको संघर्षमा युवाहरुले नेतृत्व गर्नुपर्ने उताउनु भयो । अहिले राज्यका कारण लाखौं युवाहरु वैदेशिक रोजगारमा जान बाध्य भएको र नेपालमा रहेका अधिकांश युवाहरु कुलतमा लागेर जीवन खेर फालिरहेको भन्दै क्रान्तिमा नै युवाहरुको भविष्य सुनिश्चित भएको इन्चार्ज कृतिले बताउनु भयो ।

उहाँले हतियारबारे उठेको बिषयबारे चर्चा गर्दै कुनै युद्ध नभएको कारण आफुहरुसँग हतियार नभएको स्पष्ट पार्दै शोषण रहँदासम्म मस्तिष्कलाई शसस्त्र बनाउनुपर्ने बताउनु भयो । फरक प्रसंगमा नेता कृतिले युवाहरु सामूहिक उत्पादनमा जोडिएर पार्टी र क्रान्तिलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनु भयो ।