फागुन १५, गुल्मी । गुल्मीमा नेकपाले सहिद–सप्ताहको सन्दर्भमा सहिद तथा बेपत्ता परिवारजनलाई भेटघाट गरेको छ । फागुन १४ देखि सुरु भएको सहिद सप्ताह कार्यक्रम फागुन २१ गतेसम्म रहेको छ । यसक्रममा नेकपाले देशव्यापी सहिद, बेपत्ता तथा घाइते योद्धाहरुलाई भेटघाट तथा सम्मान गर्ने घोषणा गरेको छ ।
सम्मान तथा भेटघाटको क्रममा गुल्मीमा नेकपाले जिल्लामा महान जनयुद्धका क्रममा सहादत प्राप्त गरेका सहिद खिमविक्रम रावलको परिवारलाई भेटघाट तथा सम्मान गरेको छ । सहिद तथा बेपत्ता योद्धाहरुलाई भेटघाटको क्रममा नेकपाले परिवारजनको अवस्था, उनीहरुसँग राजनीतिक वैचारिक छलफल र महान सहिदहरुका अधुरा सपनाहरुको बारेमा विमर्श गरेको नेकपा गुल्मीले बताएको छ ।
भेटघाट कार्यक्रममा सहिद खिमविक्रमका माइला दाजु रामप्रसादको अध्यक्षता र अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी क्षेत्रीय समन्वय समितिको संयोजक बिरेन्द्र विकको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विकले जनयुद्धका महान सहिदहरुको सपना अधुरो रहेको भन्दै उनका सपनाहरु साकार पार्न नयाँ क्रान्तिको थालनी भएको बताएका थिए । भेटघाट कार्यक्रममा नेकपाका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको बताइएको छ ।
सम्बन्धित खवर
प्रचण्ड–समूहद्वारा माघ २२ गते आम हड्तालको घोषणा
प्रचण्ड–माधव समुहले गरे जसपासँग सत्ता साझेदारी प्रस्ताव
कोइलावासमा कोरोना भाइरस जाँच
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्