युवा संगठन नेपाल तुलसीपुरको दोस्रो नगर सम्मेलन

जेसनको नेतृत्वमा १९ सदस्यीय नगर कमिटि चयन

युवा संगठन नेपाल तुलसीपुरको दोस्रो नगर सम्मेलन

फागुन १४, बुटवल । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले दाङको तुलसीपुरमा दोस्रो नगर सम्मेलन सम्पन्न गरेको छ ।

उक्त नगर सम्मेलनलाई सम्बोधन गर्दै भगवानराजले सामाजिक दलाल सरकारका कारण राष्ट्र र जनताको जीवनमा गम्भीर संकट आइरहेकाले त्यसको समाधान वैज्ञानिक समाजवादी राज्यसत्ताको स्थापनाबाट मात्र सम्भव हुने जिकिर गरे । सम्पूर्ण युवाहरूको एउटै लक्ष्य र उदेश्य भनेको एकिकृत जनक्रान्ति मार्फत् राष्ट्र र जनताको भाग्य र भविष्यको निर्माण गर्ने वैज्ञानिक समाजवादी  राज्यसत्ताको स्थापना गर्नु रहेको बताउँदै आम युवाहरूलाई दलालहरूका विरुद्ध निर्मम संर्घष गर्न अपिल समेत गरे । भगवानराजले दलाल पुंजीवादी संसदीय व्यवस्था असफल भैइसकेको र अब युवाहरूले एकपटक अन्तिम र निर्णायक संर्घष गरी समाजवादी झण्डा फहराउन एकिकृत जनक्रान्तिमा संगठित हुन आह्वान समेत गरे ।

युवा संगठन नेपाल राप्ती ब्यूरो इन्चार्ज अनिलले सबै प्रकारका पुंजीवादी विश्व व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी राज्यसत्ताको स्थापना नै आजको एकमात्र निर्विकल्प आवश्यकता भएको उल्लेख गरे ।

सम्मेलनले जेसनको नेतृत्वमा १९ सदस्यीय नगर कमिटि चयन गरेको छ ।

नेकपा दाङ जिल्ला सेक्रेटरी भगवानराजको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा युवा संगठन नेपाल राप्ती ब्यूरो इन्चार्ज अनिल, युवा संगठन नेपाल नारायणी ब्यूरो इन्चार्ज विरेन्द्र, युवा संगठन नेपाल दाङ जिल्ला सम्मेलन आयोजक समिति संयोजक मनोज, नेकपा घोराही इन्चार्ज जनक, ट्रेड युनियन महासंघ राप्ती ब्यूरो इन्चार्ज डिल्ली, नेकपा तुलसीपुर पूर्वी इन्चार्ज मदन, नेकपा पश्चिम तुलसीपुर इन्चार्ज सरलको सहभागिता रहेको थियो भने कार्यक्रमको अध्यक्षता जेसनले गरेका थिए ।