बिहिवार १ सय १२ जना संक्रमित 

फागुन १३, बुटवल । नेपालमा कोरोना भाइरसका बिहिवार १ सय १२ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहिवार ८४ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ७० हजार २ सय २३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।