क्रान्तिकारी माओवादी बर्दिया सेक्रेटरी विपिन गिरफ्तार

विपिनलाई तत्काल रिहा गर्न माग

क्रान्तिकारी माओवादी बर्दिया सेक्रेटरी विपिन गिरफ्तार


फागुन १३, बुटवल । नेकपा क्रान्तिकारी माओवादी बर्दिया जिल्ला सेक्रेटरी विपिन रोकायालाई प्रहरीले गिरफ्तार गरेको छ । विपिनको गिरफ्तारीपछि नेकपा क्रान्तिकारी माओवादीले उनलाई तत्काल रिहा गर्न माग गरेको छ । 

लुम्बिनी प्रदेश सेक्रेटरी सङ्कुलले प्रेस वक्तव्य जारी गर्दै विपिनलाई तत्काल रिहा गर्न माग गरेका हुन् । वक्तव्यमा  रहस्यमय ढङ्गले गरेको गिरफ्तारी राज्य आतंकको कुरुप नमुना भएको जनाइएको छ । सो घटना प्रति पार्टी गम्भीर भएको बताइएको छ ।

त्यस वक्तव्यमा भनिएको छ- “राज्यद्वारा गरिएको बर्बरतापूर्ण एवं रहस्यमय गिरफ्तारीको घोर निन्दा एवं भत्र्सना गर्दछौं ।”

विपिन पार्टीका लुम्बिनी प्रदेश समितिका सचिवालय सदस्य एवं बर्दिया जिल्ला सचिव हुन् । विपिनलाई रहस्यमय ढङ्गले निवासबाट प्रहरीले गिरफ्तार गरेको हो ।