१३ फागुन, बुटवल । हरेक वर्ष मनाइँदै आएको सहिद सप्ताह यस वर्ष पनि सहिदरूको स्मरण र सम्मानमा देशैभर विविध कार्यक्रमा साथ मनाईने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी लुम्विनी ब्युरोले पनि ब्युरो भरिका जिल्लाहरू रूपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, नवलपुरमा पनि सहिद बेपत्ता परिवार अभिनन्दन, सहिद परिवार भेटघाट र सहिदहरूको सम्मानमा विभिन्न सृजनात्मक कार्यक्रम गर्ने बताइएको छ । हरेक वर्ष मनाइँदै आएको सहिद सप्ताह यस वर्ष पनि सहिदरूको स्मरण र सम्मानमा देशैभर विविध कार्यक्रमा साथ मनाईने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी लुम्विनी ब्युरोले पनि फागुन (१४—२१) गते सम्म ब्युरो भरिका जिल्लाहरू रूपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, नवलपुरमा पनि सहिद बेपत्ता परिवार अभिनन्दन, सहिद परिवार भेटघाट र सहिदहरूको सम्मानमा विभिन्न सृजनात्मक कार्यक्रम गर्ने बताइएको छ ।
सहिद सप्ताह २०७७ को अवसरमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अभिन्दन पत्र मार्फत सहिद परिवारप्रति सम्मान ब्यक्त गरेका छन् । अभिनन्दन पत्रमा ’जन –जनका प्रिय एवम् सम्मानित जनयुद्ध तथा एकिकृत जनक्रान्तिका महान् सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली साथै तपाई आदरणीय सहिद परिवार प्रति सहिद सप्ताह –२०७७ को अवसरमा असिम सम्मान एवम् हार्दिक शुभकामना ’ उल्लेख गरिएको छ । सहिद सप्ताहलाई नेपालको क्रान्तिकारी आन्दोलनमा भएका सहादतका विभिन्न कडीहरूलाई जोड्ने महत्वपूर्ण सन्दर्भको रूपमा पनि लिने गरिएको छ ।
जनयुद्धका प्रथम सहिद दिल वहादुर रम्तेलले सहादत प्राप्त गरेको दिन फागुन १४ गते तत्कालिन झापा विद्रोहका पाँच शहिदहरूले सहादत प्राप्त गरेको दिन फागुन २१ गते सम्पुर्ण सहिदहरूको सम्मानमा हरेक वर्ष फागुन १४ देखि फागुन २१ गते सम्मको अवधिलाई सहिद सप्ताहको रूपमा मनाउने गरिन्छ ।