सांघातिक आक्रमण बन्द गर : नेकपा

पार्टीका अछाम जिल्ला सदस्य ‘सुशील’ माथि सांघातिक आक्रमण

सांघातिक आक्रमण बन्द गर : नेकपा

फागुन ११, बुटवल । नेपाल कम्युनिस्ट पार्टी अछामले फागुन १० गते अछामका जिल्ला सदस्य तथा  युवा संगठन नेपाल अछामका जिल्ला संयोजक ‘सुशील’ माथि भएको सांघातिक आक्रमणको घोर निन्दा एवं भ्रत्सर्ना गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी अछामका सेक्रेटरी क. प्रतिक र इन्चार्ज क. तर्कराजले मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीका अछाम जिल्ला सदस्य एवं युवा संगठन नेपाल अछामका जिल्ला संयोजक कमरेड शेर बहादुर साउद ‘सुशील’ माथि भएको सांघातिक आक्रमण अपराधिक घटना भएको भन्दै उक्त घटनामा संलग्न जो कोहीलाई पनि उचित समयमा जवाफ दिने चेतावनी दिएका छन ।

विज्ञप्तिमा भनिएको छ :

“मिति २०७७ फागुन १० गते का दिन अछाम जिल्लाको चौरपाटी गाउापालिका वडा नः ६ दुनी (डबल नेकपा प्रचण्ड–माधव समूह निकट) का वडा अध्यक्ष मने साउद र कार्यालय सहयोगी पदम साउद लगायत अन्य तीन जनाको समूहद्धारा छोराको उपचारको लागि घर भेटघाटमा गएको बेला हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी अछामका जिल्ला सदस्य तथा युवा संगठन नेपाल अछामका जिल्ला संयोजक शेर बहादुर साउद कमरेड ‘शुसील’ माथि सांघातिक आक्रमण गरिएको छ । उक्त अपराधिक घटनाको घोर भ्रत्सर्ना र निन्दा गर्दछौ । यस्तो अपराधिक घटनामा संलग्न जो कोहीलाई पनि उचित समयमा जवाफ दिने चेतावनी यसै प्रेस विज्ञप्ति मार्फत सम्प्रेषण गर्दछौ ।”