फागुन १४ गते कैलालीमा विशाल जनसभा

फागुन ११, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले  संघर्षको कार्यक्रम अन्तरगत फागुन १४ गते कैलालीमा विशाल जनसभा आयोजना गरेको छ ।  

संघर्षको कार्यक्रम अन्तरगत फागुन १४ गते कैलालीमा विशाल जनसभा आयोजना गरिएको हो ।  उक्त कार्यक्रममा ‘विप्लव’ नेतृत्वको पार्टीसहित मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको जनसहभागिता रहने जनाइएको छ ।

त्यस्तै संघर्षको कार्यक्रम अन्तरगत फागुन १८ गते, जनसभा इटहरीमा हुने जनाइएको छ भने चार दलीय रण्नीतिक संयुक्त मोर्चाले गत फागुन ६ गते रूपन्देहीको बुटवलमा विशाल जनसभा आयोजना गरेको थियो ।

बुटवलको विशाल जनसभामा हज्जारौको जनसहभागिता रहेको थियो । बुटवलको जनसभालाई सम्बोधन गरेर फर्कने क्रममा मोर्चाका केन्द्रीय सदस्य भेषराज भुसाललाई प्रहरीले गैरन्यायिक ढंगबाट गिरफ्तार गरेको थियो । उक्त गिरफ्तारीको विषयलाई लिएर रणनीतिक संयुक्त मोर्चाले फागुन ७ गते पत्रकार सम्मेलन समेत गरेको थियो । उक्त सम्मेलनमार्फत भुसालको गिरफ्तारी प्रति मोर्चाले एक विज्ञप्ति जारी गरेर घोर भ्रत्सर्ना एवं निन्दा गर्दै रिहाईको माग गरेको थियो ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले माघ २९ गते राजधानीको प्रज्ञा भवनबाट रणनैतिक संयुक्त मोर्चाको घोषणा गरेका थिए । कार्यक्रममा मोर्चाको अवधारणा पत्र, निती र कार्यक्रम घोषणा गरेका थिए । उनीहरुले जनगणतन्त्र र वैज्ञानिक समाजवाद  स्थापना गर्ने उद्देयका साथ रणनैतिक मोर्चा बनाएको विषय उल्लेख गर्दै संयुक्त हस्ताक्षर गरेका थिए ।

रणनीतिक मोर्चाबाट केन्द्र देखि स्थानीय तहसम्म संगठन पुनः संरचना गर्ने तयारी गरिएको र  रणनैतिक मोर्चा गठन गरेर अगाडी बढ्नुलाई महत्वका साथ लिइएको छ ।