नव प्रतिभा प्रतिष्ठान केन्द्रको ९ औं वार्षिक उत्सव सम्पन्न

आयोजक नव प्रतिभा प्रतिष्ठान केन्द्र प्रथम

नव प्रतिभा प्रतिष्ठान केन्द्रको ९ औं वार्षिक उत्सव सम्पन्न

फागुन ९, बुटवल । "नव प्रतिभा युवाहरूको निकास, सभ्य समाज ,परिवर्तन र विकास " भन्ने मुल नाराका साथ नव प्रतिभा प्रतिष्ठान केन्द्र सत्यवती गाउँपालिका – ३ ठूलोलुम्पेक, सिङ्दीलेले २७ औ संस्करण तथा नवौं वार्षिक उत्सवको सन्दर्भमा आयोजित महिला – पुरुष भलिबल प्रतियोगिता र ब्याटमिन्टन प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

फागुन ८ गते समापन भएको उक्त प्रतियोगितामा पुरुष भलिबल प्रथियोगिता तर्फ आफ्नो होम ग्राउन्डमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आयोजक नव प्रतिभा प्रतिष्ठान केन्द्र प्रथम हुन सफल भएको छ । प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्दा गर्दै पनि सङ्गम युवा समुहले फाइनल खेल आफ्नो पोल्टामा पार्न नसक्दा दोस्रो स्थान हासिल गर्न सफल छ । आलमदेवी लसर्घा (स्याङ्जा) र हिमालय युवा परिवार क्रमशः तेस्रो र सान्त्वना स्थान हासिल गर्न सफल भएको छ ।

पुरुष भलिबल तर्फ उदयमान खेलाडी मनबहादुर बि.क. (हिमालय युवा परिवार), बेस्ट ब्लकर आनन थापा (आलमदेवी लसर्घा), बेस्ट डिफेन्डर प्रकाश श्रीस (सङ्गम युवा समूह), बेस्ट सेटर ध्रुव तरामु (नव प्रतिभा प्रतिष्ठान केन्द्र), अनुशासन ज्योती राहाडी (सङ्गम युवा समुह), बेस्ट स्पाईकर (पावर स्पाईकर) थमन श्रीस (सङ्गम युवा समुह) र प्रतियोगिता भरी उत्कृष्ट खेल प्रदर्शन गर्दै उत्कृष्ट खेलाडीको रुपमा दिपेन्द्र सिङ्ग्जाली (नव प्रतिभा प्रतिष्ठान केन्द्र) लाई पुरस्कृत गरिएको छ ।

उक्त प्रतियोगिताको महिला भलिबल तर्फको उपाधी माछापुच्छ्रे खेलकुद तथा संस्कृतिक विभागले हासिल गरेको छ भने थ्री स्टार टिम उपविजेता हुन सफल धएको छ । महिला भलिबल तर्फ उत्कृष्ट खेलाडी सृजना फौजा (माछापुच्छ्रे) र अनुशासित खेलाडीको रुपमा रेजिना राहाडी पुरस्कृत भएका छन ।

ब्याटमिन्टन प्रतियोगिता तर्फ (A level) तर्फ रोहन थापा र रोम राहाडिको जोडिले उपाधी हासिल गरेको छ भने धर्मराज राना र विशाल थापाको जोडिले दोस्रो स्थान हासिm गरेको छ ।

ब्याटमिन्टन तर्फकै (B level) तर्फ डिफेन्डिङ्ग च्याम्पियन ध्रुव तरामु र केशर तरामुको जोडिले उपाधी हासिल गरेको छ भने टीका राम राना र मिलन सिङ्ग्जालिको जोडिले दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।

प्रतियोगिताको उट्घाटन फागुन ३ गते सत्यवती गा.पा. ३ को वडा सदश्य तथा श्री सिद्द आधाभिूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समाजसेवी आदरणीय व्यक्तित्व श्री अर्जुन तरामुले गर्नु भएको थियो ।

समापन कार्यक्रमको बिचमा कार्यक्रमका प्रमुख अतिथिले खेलकुद सम्बन्धी विभिन्न भनाईहरु राख्दै खेलाडीहरुलाई थप हौसला सहित आफ्नो मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रमलाई संस्थाका अध्यक्ष श्री टेकन सिङ्ग्जालीले सौहार्द पुर्ण वातावरणमा समापन गर्नुभएको थियो ।