कवि गिरि श्रीस मगरको ‘एकलव्यको देब्रे हात’ विमोचन

कविको पहिलो कविता संग्रह ‘पसिनाको संगित र जीवनको गीत’

कवि गिरि श्रीस मगरको ‘एकलव्यको देब्रे हात’ विमोचन

फागुन ८, बुटवल । पाठक मञ्च बुटवलको आयोजनामा शनिबार कवि गिरि श्रीस मगरको दोस्रो कविता  संग्रह ‘एकलव्यको देब्रे हात’ विमोचन समारोह कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार बुटवलमा साहित्यकार जंग बहादुर शाहद्वारा उक्त कृति विमोचन गरिएको हो । कार्यक्रममा रामचन्द्र श्रेष्ठले कवि गिरि श्रीस मगरको संक्षिप्त परिचय दिएका थिए । डा. मुरारी पराजुलीले  विमोचित कविता संग्रहको चर्चा गरेका थिए भने प्रोफेसर हुमाकान्त पाण्डेले कविताको इतिहास तथा अवधारणाबारे बोलेका थिए ।  

कार्यक्रममा कविहरु कुलप्रसाद शर्मा, प्रगतिशील लेखक संघ रुपन्देहकिा अध्यक्ष दल बहादुर गुरुङ्ग, सारदा खनाल लगायतले कवि गिरि श्रीस मगरका कविताहरू फरक आवाजहरूमा वाचन गरेका थिए । जंग बहादुर शाह,बुक हिल पब्लीकेशनका अध्यक्ष भुपेन्द्र खड्का, सरिता श्रीसलगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कवि गिरी श्रीस मगरको एकलव्यको देब्रे हात दोस्रो कविता संग्रह हो । उनको विं.सं.  २०६३ सालमा पहिलो कविता संग्रह ‘पसिनाको संगित र जीवनको गीत’ प्रकाशित भैसकेको छ । एकलव्य देब्रे हात दोस्रो कविता संग्रहमा ४६ वटा कविताहरु रहेका छन् ।

सरिता श्रीस मगरको संचालनमा भएको उक्त कार्यक्रममा कवि गिरी श्रीस मगरले कविता विमोचनमा सहभागीहरुलाई हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दै उक्त समारोह समापन गरेका थिए ।