फागुन ८, बुटवल । मगर संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले रफ्तार मिडिया प्रालिले मिर्ही (भाग्य) चलचित्र निर्माण गरेको छ । बुधबार चितवनमा आयोजित कार्यक्रममा चलचित्रको गीत र ट्रेलर सार्वजनिक गरिएको छ । नयाँ पुस्तामा आफ्नै संस्कृतिबारे समेत चासो र रुचि घट्दै गएकाले उनीहरूमा संस्कृतिबारे चासो बढाउन चलचित्रले सहयोग गर्ने निर्माताको भनाइ छ ।
चलचित्रका लेखक, निर्देशक, निर्माता एवं नायकसमेत रहेका रमेश रानामगरले चितवनका मगर समुदायलाई कलाकार बनाएर सिनेमा बनाएको बताए । मगर समुदायको सिनेमा भए पनि भाषा भने नेपालीमै छ । यसकारण अन्य समुदायका दर्शकले पनि चलचित्रबाट मनोरञ्जन प्राप्त गर्ने राना बताउँछन् ।
यो सिनमा पहिलो चरणमा चितवनका ४४ वटा गुठीसहित मगर समुदायको बहुल्यता रहेको ठाउँमा प्रदर्शन गरिनेछ । सिनेमा निर्माणमा १४ लाख रुपैयाँ खर्च भएको छ र १५ दिनमा छायांकन सकिएको निर्माता रमेश रानामगरले बताए ।
सिनेमा एक घन्टा ३८ मिनेटको छ । उनका अनुसार सिनेमा चितवन, तनहुँ, कास्कीलगायतका ठाउँ छायांकन भएको छ । सिनेमालाई पछि मगर भाषामा पनि डब गर्ने योजना रहेको छायांकन सम्पादन घना गुरुङले बताए ।
सम्बन्धित खवर
केमियो भूमिकाले वेनिशालाई फाइदा होला ?
'अजर अमर गीतहरू' एक हजार शृंखला पुग्यो
के कार्तिक आर्यनको प्रेममा छिन् श्रद्धा ?
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्