मुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाउन जनमत संग्रह अावश्यक : महामन्त्री कोइराला

मुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाउन जनमत संग्रह अावश्यक : महामन्त्री कोइराला

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मको पक्षमा वकालत गरेका छन् ।

महामन्त्री कोइरालाले आफू हिन्दु धर्मको पक्षमा रहेको उल्लेख गर्दै मुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाउने कि नबनाउने भन्ने विषयमा जनमत संग्रह गर्न सरकारसँग माग गरे । शुक्रबार काठमाडौंमा आयोजित ‘शिव लीला’ भजन संग्रह उद्घाटन कार्यक्रममा बोल्दै उनले हिन्दु धर्मलाई सबैभन्दा उत्कृष्ट धर्मको रुपमा चित्रण गरे । महामन्त्री कोइरालाले हिन्दु धर्मले सबैलाई स्वतन्त्र बनाउने उल्लेख गर्दै यस विषयमा जनताको राय लिन जनमत संग्रहमा जानुको विकल्प नरहेको बताए ।

कांग्रेस महामन्त्री कोइरालाले हिन्दु धर्मले भगवान आफै भित्र खोज्न भनेको उल्लेख गर्दै धर्मलाई निरपेक्ष वा सापेक्षताको आँखाले हेर्न नहुने तर्क गरे । संवैधानिक व्यवस्था अनुसार मुलुक धर्म निरपेक्ष राष्ट्र हो । तर त्यस सम्बन्धमा जनताले आफ्नो निर्णय लिन जनमत संग्रहमा जान उपयुक्त हुने उनको धारणा छ ।