घोराही १४ सम्पुर्ण किशोरीलाई आईरन चक्की खुवाईने 

सामुदायिक तथा  संस्थागत विद्यालयका विद्यार्थीलाई खुवाईने

घोराही १४ सम्पुर्ण किशोरीलाई आईरन चक्की खुवाईने 

दाङ । घोराही उप–महानगरपालिका वडा नं. १४ ले सम्पुर्ण किशोरीहरुलाई आईरन चच्की खवाउने भएको छ । घोराही उप–महानगरपालिका वडा नं. १४ मा गठित पोषण तथा खाद्य सुरक्षा समितिको घोराहीमा बसेको बैठकले यस्तो निर्णय  गरेको हो । पहिलो चरणमा विद्यालयमा अध्ययनरत सामुदायिक तथा  संस्थागत विद्यालयका विद्यार्थीलाई खुवाईने वडा अध्यक्ष एवं समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिनुभयो । दोश्रो चरणमा वडामा रहेका सम्पुर्ण किशोरीहरुलाई पायक पर्ने स्थान एवं  नजिकको स्वास्थ्य संस्थामा लगेर आईरन चक्की खुवाउन उहाँले अभिभावकलाई आग्रह गर्नुभयो ।  किशोरीहरुलाई ३/३ महिनाको फरकमा  आईरन चच्की खुवाउँने पर्ने भएपनि अहिले सम्म यस्तो नभएको हउाँले वताउँनुभयो । प्रयाप्त जनचेतनाको अभावका कारण अधिकासं किशोरीले  आईरन चच्की खान नमानेको भन्दै यो अभियानकै रुपमा संचालनगरी स्वस्थ जनशक्ति उत्पादनक लागि वडा कार्यालय  यो अभियान संचालन गरेको वताउँनुभयो । अधिकासं किशोरीहरुमा रक्त अल्पता,शरिरमा रगतको अभाव हुने जस्ता समस्या देखिएका कारण किशोरीहरुलाई स्वस्थ्य राख्न समितिले यो अभियान चलाउँने समितिका सदस्य एवं बालमन्दिर प्राविका प्रअ.बिष्णु भण्डारीले जानकारी दिनुभयो ।  छात्रालाई सम्बन्धित विद्यालयमा पुगेर आईरन चच्की समेत खुवाउने भण्डारीको भनाई छ ।