धनकुटाको चौबिसे गाउँपालिका–२ मुढेवास ऐसेलुखर्कका मंगलसिंह याखाको घरमा आगलागी भएको छ । बिहीबार भएको आगलागीबाट तीन लाख २९ हजार सात सय रुपैयाँ बराबरको क्षति भएको छ ।
घरमा पालेको मौरीको मह काड्ने क्रममा बालेको बोराबाट घरमा आगो सल्किएर याखाको फुसको घर जलेर पूर्णरुपमा नष्ट भएको चौबिसे गाउँपालिका–२ का वडाध्यक्ष ममिन्द्र लिम्बुले बताए ।
आगलागीबाट घरमा रहेको लत्ताकपडा, गरगहना, खाध्यान्न, काठपात लगायतका सम्पुर्ण सामानहरु जलेको छ ।
याखाको घरमा आगलागी भएपछि चौविसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई र उपाध्यक्ष यज्ञकुमारी रुचालसहितको टोली पीडितलाई एक बोरा चामल र नगद १५ हजार राहत स्वरुप प्रदान गरिएको वडाध्यक्ष लिम्बुले बताए ।
Tags :
सम्बन्धित खवर
भोटको ओत : टिनका छाना पाएपछि बिपन्न परिवार खुसी
२ वर्ष अगाडि
बाल बिकास माबिको अध्यक्षमा डाँगी
१ वर्ष अगाडि
पत्रकार महासंघको २७औं स्थापना दिवस
१ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्