नेकपाका दुई नेता विकिरण र शाक्य पक्राउ

प्रहरीद्धारा झु्ठा मुद्दा लगाउने तयारी

नेकपाका दुई नेता विकिरण र  शाक्य पक्राउ

माघ ११, बुटवल । नेकपाका दुई नेता विकिरण र बाबुलाल शाक्य बाग्लुङबाट लाई प्रहरीले पक्राउ गरेको छ । नेकपाले फौजी संघर्षलाई केही समय स्थगित गर्ने निर्णय बाहिर आएको बेला सरकारले नेताद्धयलाई बागलुङदेखि पक्राउ गरेको हो । 

केही दिन अगाडी केन्द्रीय नेता धर्मेन्द्र बास्तोला लगायत नेताहरुलाई ललितपुरबाट पक्राउ गरेको थियो । पक्राउपछि नेकपाले संघर्षको कार्यक्रम घोषणा गर्दै माघ १० गते नेपाल बन्दको आब्हान गरेको थियो । नेपाल बन्दकै पूर्व सन्ध्यामा बागलुङबाट विकिरण र शाक्यलाई पक्राउ गरेको छ । 

नेताद्धयलाई प्रहरीले सुकारीको आधारमा पक्राउ गरेको बताइएको छ । पक्राउपछि प्रहरीले उनीहरुलाई झुठा मुद्दा लगाएको बताइएको छ । 

दुवै नेता यसअघि पनि पक्राउ परेर लामो समय कारागार बसेका थिए । सर्वोच्च अदालतको आदेशपछि केही अघि दुवैजना रिहा भएका थिए । केही समय अगाडी पूर्वमा सुराकीको आरोपमा राजेन्द्र श्रेष्ठलाई नेकपाले भौतिक कारवाही गरेको थियो ।