जनपत्रकार संगठन नेपालका संयोजक विक रिहा

अछामबाट साधारण तारेखमा विक रिहा

जनपत्रकार संगठन नेपालका संयोजक विक रिहा


माघ ११, बुटवल । जनपत्रकार संगठन नेपालका संयोजक एवं आजको संश्लेषण मासिकका कार्यकारी सम्पादक शेरबहादुर विक ’दर्शन’ रिहा भएका छन् । विक अछामबाट साधारण तारिखमा रिहा भएका हुन् । संयोजक विकलाई पुष २० काठमाडौबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइवीको टोलीले पक्राउ गरेको थियो । विकलाई माघ ७ गते काठमाडौ सिडियो कार्यालयले रिहा गरेलगत्तै प्रहरीले पुनः पक्राउ गरि झुट्टा मुद्दा लगाएर अछाम पठाइएको थियो । 

पत्रकार विक लगायत महासंघ काठमाडौं शाखाका सचिव तथा टिभी टुडे टेलिभिजनका कार्यक्रम सञ्चालक मोहन पन्त, महासंघका केन्द्रीय पार्षद तथा सञ्चारखबर डटकम अनलाइनका सम्पादक मानध्वजलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पन्त र मानध्वजलाई रिहा गरेपनि विकलाई रिहा गरेको थिएन । पत्रकार महासंघले विकको रिहाइका लागी प्रेस वक्तव्य जारी गरि भत्र्सना गरेको थियो ।