नेकपाका नेता विरही मोरङबाट रिहा

रिहाइका लागी सर्वत्र दवावपछि हिरासतमुक्त

नेकपाका नेता विरही मोरङबाट रिहा

माघ ११, बुटवल । नेपाल कम्युनिष्ट पार्टीका नेता, माक्र्सवादी साहित्यिक तथा सांस्कृतिक चिन्तक अनिल शर्मा ‘विरही’ रिहा हुनुभएको छ । वैशाख २३ मा चितवनबाट पक्राउ पर्नुभएका शर्मा १३ औं पटकको गिरफ्तारीपछि मोरङ जिल्ला अदालतको साधारण तारेखमा रिहा हुनुभएको हो ।

शर्मालाई शनिवार जिल्ला अदालत काभ्रेपलाञ्चोकले साधारण तारेखमा तिहा गर्न आदेश दिए पनि प्रहरीले रिहा भए लगत्तै अदालतको गेटबाट पुन पक्राउ गरेको थियो । चितवनको भरतपुर मेडिकल कलेजमा उपचारकै क्रममा रहेको बेला पहिलो पटक गिरफ्तारीमा परेका विद्रोही नेता विरहीलाई अदालतले पटक पटक रिहा गर्न आदेश दिए पनि र रिहा गरे पनि पक्राउ गरेको थियो । चितवनबाट पहिलो पटक पक्राउ परेका विरहीलाई प्रहरीले हाल सम्म १२ ओटा जिल्ला पुर्याउँदै झुटा मुद्धा लगाउँदै हिरासतमा राख्दै आएको छ ।

यसै विच राष्ट्रिय मानवअधिकार आयोगका पुर्व सदस्य तथा वरिष्ठ मानवअधिकारकर्मि सुदिप पाठक नेतृत्वको टोली नेता विरहीलाई भेटन जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको हिरासत कक्षमा पुगेको थियो । उक्त टोलीले मंसिर २३ गते देखि काभ्रे प्रहरीको हिरासतमा रहेका विरहीसंग भेटघाट गरी उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको थियो ।

फोटो –खेम थपलियाको फेसबुकवालबाट