नेकपाका नेता बास्तोलाको गिरफ्तारीविरुद्ध सर्वत्र विरोध

सरकारको फासीवादी कार्यशैलीप्र्रति विरोध

नेकपाका नेता बास्तोलाको गिरफ्तारीविरुद्ध सर्वत्र विरोध


पुष २९, बुटवल । नेकपाका सचिवालय सदस्य एवं अन्तर्राष्ट्रिय विभागका प्रमुख धर्मेन्द्र वास्तोला लगायत प्रकाश शाही, विवेक कुमाल र विश्वासलाई सरकारले कायरतार्पूक गिरफ्तार गरेको छ । 

नेता बास्तोला सहित उहाँहरुलाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पार्टी कामको सिलसिलमा रहेको बेला वली सरकारको प्रहरीले गिरफ्तार गरेको हो । 
नेकपाले राज्यसत्ता विरुद्ध अहिले फौजी र आक्रामक संघर्षलाई रोकेको बताइएपनि वली सरकारले नेकपाका नेता कार्यकर्तामाथिको दमन र प्रतिबन्धलाई रोकेको छैन । नेता बास्तोलाको गिरफ्तारपछि सरकारको फासीवादी कार्यशैलीप्र्रति विरोध गर्दै तत्काल उहाँलाई रिहा गर्न सर्वत्र माग गरिएको छ । 

सरकारले नेकपाका नेता सुदर्शन, अनिल शर्मा, रणवीर, विरजंग, ओम पुन, माइला लामा, आदर्शलगायत सयौं नेता कार्यकर्तालाई गिरफ्तार गरी यसअघि नै जेल र हिरासतमा राखेको छ ।