पौष २८, बुटवल । सर्वोच्च अदालतले विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप, २०७६ कार्यान्वयन सम्बन्धीको रिट मंगलबार खारेज गरेको छ । केही समय अगाडी सरकारले प्रतिबन्ध गरेको नेकपा निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समिति र जिल्ला समिति रुपन्देहीले पाठ्यक्रमले विद्यार्थीमा पारेको अन्यौलता तत्काल हटाउन माग गद्रै प्रेस वक्तव्य जारी गरेको थियो ।
सर्वोच्च अदालतले असोजदेखि पटक पटक पेसिको तारिख सार्दै मात्र आएको थियो । सर्वोच्चले गत २० गते पछिल्लो रिटको सुनुवाइ पौष २७ गतेलाई सारेको थियो । तर पौष २७ गतेको बहसमा भने कुनै पनि निष्कर्ष र निचोड निकालेको थिएन ।
अदालतले विद्यालयको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ कार्यान्वयन सम्बन्धी रिट खारेज गरेसंगै नयाँ पाठ्यक्रम लागू गर्नका लागि कक्षा ११ लाई बाटो खुलेको छ । सम्पुर्ण विद्यार्थी, शिक्षक लामो समयदेखि कुन पाठ्यक्रम पठनपाठन गर्ने, गराउने भन्ने अन्योलताको गोलचक्रमा थिए । विभिन्न विद्यार्थी संगठनहरुले पाठ्यक्रम अन्यौलता विरुद्धमा प्रेस विज्ञप्ति जारी, विद्यार्थीहरु संग छलफल, अन्तरक्रिया र सडकमा विरोध प्रदर्शन समेत गरेको थियो ।
अदालतले रिट बमोजिम माग नहुने र पाठ्यक्रमलाई निर्देशनात्मक आदेश जारी गरेको छ ।
सम्बन्धित खवर
सन्धिखर्क नगरपालिकामा टोलसुधार समितिसँग अन्तरक्रिया
अर्घाखाँचीमा कुटपिटद्धारा हिमकुमारीको हत्या
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्