अखिल (क्रान्तिकारी)द्धारा दोषी शिक्षकलाई कारवाहीको माग

सम्बन्धित निकाय मौन रहेको हुँदा गम्भिर ध्यानाकर्षण

अखिल (क्रान्तिकारी)द्धारा दोषी शिक्षकलाई कारवाहीको माग

पुष २७, बुटवल । राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलमा छात्रालाई परीक्षा दिने भन्दै होटलमा पु¥याएको घटनामा संलग्न शिक्षकहरुलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कास्कीले कारवाही गर्ने चेतावनी दिएको छ ।

अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष पवन पुनले एक प्रेस विज्ञप्ति जारी गदै उक्त कार्य ढाकछोप गरी आलटाल गर्न खोजिएमा अपराधिक मानिसकता बोकेका शैक्षिक माफियाहरुलाई कडा भन्दा कडा कारवाही गर्ने चेतावनी दिनुभएको हो ।

विज्ञप्तिमा अखिल क्रान्तिकारीले सदैव शिक्षा क्षेत्रमा भएका विकृति, विसंगति, भ्रष्टाचार, अनियमितता, अराजकता र वर्गीय विभेदको विरोधमा धावा बोल्दै आएको समेत जानकारी गराईएको छ ।

गत मंसिर ११ गते राष्ट्रिय माविमा अध्ययनरत छात्रालाई विभिन्न प्रलोभनमा पारी शिक्षा नियमावली विपरित काम हुने गरी परीक्षा केन्द्रबाट बाईकमा राखेर पोखरा–३२ मा पर्ने खोलाको छेउको होटेलमा लगि परीक्षा दिन लगाएको र शिक्षकले मदिरा सेवन गरी अनैतिक क्रियाकलापहरु गरेको पुष्टि हुन आएको विज्ञप्तिमा उल्लेख छ ।

दोषी शिक्षकले विभिन्न मिडियामा गल्ती सहर्ष स्वीकारेको अवस्थामा राज्य मुकदर्शक भएर शिक्षा जस्तो क्षेत्रमा यतिसम्मको चरम लापरवाही हुँदा पनि सम्बन्धित निकाय मौन रहेको हुँदा गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।