पुष १७, अछाम । समानान्तर सत्ताको अभ्यास गर्दै आएको नेकपाको जनअदालतले अछाम जिल्लाको ढकारी गाउँपालिका अध्यक्ष धनबहादुर बुढालाई बयान लिएको छ ।
कोरोना संकटको बेला गाउँपालिकाले खर्च गरेको १ करोड ४९ लाखको हिसाब किताबमा व्यापाक भ्रष्टाचार र अनियमितता गरेको भन्दै जिल्ला जनअदालते बयान लिएको हो । जनसत्ताले बुढालाई यसको खर्च विवरण र विकास निर्माणमा भएका खर्च वितरण प्रस्तुत गर्न अनुरोध गर्दा अस्वीकार गर्दै आएपछि अध्यक्ष बुढालाई बयान लिएको हो ।
गाउँपालिकामा कोरोना महामारीको बेला भ्रष्टाचार गरेको व्यापक जनगुनासो आएपछि जनअदालतले पटक पटक बुढालाई स्पष्ट पार्न अनुरोध गर्दै आएको थियो ।
बयानको क्रममा १५ दिनभित्र सम्पूर्ण आयव्यय प्रस्तुत गर्ने सहमति भएको नेकपा अछामले बताएको छ ।
Tags :
सम्बन्धित खवर
नेकपामाथिको प्रतिबन्ध फुकुवा गर : बैद्य
१ महिना अगाडि
राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा विरोध प्रदर्शन
१ महिना अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्