दुई चराहरु : एक संवाद

चीनमा कमरेड माओत्सेतुङको नेतृत्वमा सर्वहारा सांस्कृतिक क्रान्तिको तयारी हुदै थियो । विश्व कम्युनिष्ट आन्दोलनमा क. स्टालिनको मृत्युपछि विश्भरिका मुक्तिकामी जनताको संघर्षलाई रोक्न खुश्चोभी संशोधनवादले सर्वहारा क्रान्तिविरुद्ध विभिन्न हतकण्ठाहरु अपनाइरहेको थियो ।  यतिसम्म कि १९६३ अगष्ट ५ मा साम्राज्यवादी मूलुक अमेरिका र ब्रिटेन सोभियत संघसंग मिलेर एउटा सम्झौतामा समेत हस्ताक्षर गरेको थियो, जसलाई त्रिपक्षीय नाभिकीय प्रतिबन्ध सम्झौताको नामले चिनिन्छ । यही बिषयमा केन्द्रीत रहेका क. माओले १९६५ मा एउटा शक्तिशाली कविता लेख्नुभयो, जसको शीर्षक थियो– दुई चरा : एक संबाद । कवितामा क. माओत्सेतुङले सार्दूल चरा र भँगेराबीचको संवादद्धारा खु्रश्चोभी संशोधनको अवश्यंभावी पराजयलाई चित्रण गर्नुभएको छ । कवितामा सार्दूल चरालाई सर्वहारा वर्गको क्रान्तिकारी आशावादको प्रतीकका रुपमा देखाइएका छ भने खु्रश्चोभी संशोधनवादलाई तातो आलुको प्रतीक दिएर कायरका रुपमा प्रस्तुत गरिएको छ । 

दुई चराहरु : एक संवाद
–क. माओत्सेतुङ
 
सार्दूल चराका पंखा जस्ता पखेटाहरु
नव्वे हजार उचाईमा पुगेपछि
पिठ्यँुमा निलो आकाश वोकेर, उ तल हेर्छ
र मान्छेको जिन्दगीलाई नाँपजाँच गर्न
बन्दूकको आवाजले आकाश थर्काउँछ
गोलावारीले पृथ्वीलाई खाल्डो पार्छ

यता झाडीभित्र बसेको भँगेरो भन्छ– 
“यो एउटा दुःखको नर्क हो । 
ओ ! म तिमीबाट उडेर टाढा भाग्न चाहन्छु । ”
आखिर कहाँ उड्ने त ?  म आफैलाई सोध्न सक्छु ?
भँगेरा जवाफ दिन्छ–
“परिभूमिको पहाडमा सिंगारिएको दरवारतिर
के तिमीलाई थाहा छैन 
शरदको चन्द्रमामा तेश्रो सन्धीमा हस्ताक्षर गरेको ?
त्यहाँ प्रशस्त खाना हुनेछ,
तातोगरी पोलेको आलु
र तयार पारिएको गाईको मासु !
त्यसैले रोक–
“तिम्रो हावादारी पागलपनलाई रोक !
र एकपटक हेर, संसार क्रान्तिमय हुदैछ । ”

(लेखिएको १९६५ को शरद , प्रकाशित )–माओत्सेतुङ्ग)