‘सचेत भएर पार्टी अनुशासनको सम्मान गर’

सन्दर्भ : १२८ औं माओ दिवस

‘सचेत भएर पार्टी अनुशासनको सम्मान गर’

अध्यक्ष माओले हामीलाई सिकाउनु भएको छ कि कम्युनिष्टहरु “अनुशासनलाई सम्मान गर्ने कुरामा नमुना बन्नु पर्दछ ।” (१४४) पार्टी अनुशासनलाई सम्मान गर्न हामीले व्यक्ति संगठनको अधिनस्थ हुन्छ, अल्पमत बहुमतको अधिनस्थ हुन्छ, तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्थ हुन्छ र पुरा पार्टी केन्द्रीय समितिको अधिनस्थ हुन्छ भन्ने पार्टी विधान अनुसार चल्नु पर्दछ ।

व्यक्ति संगठनको अधिनस्थ हुन्छः यसको अर्थ पार्टीका सदस्यहरु दृढतापूर्वक पार्टी संगठनका पारित प्रस्ताबहरु र निर्देशनहरुप्रति अधिनस्थ हुनुपर्दछ, तिनलाई लागु गर्नुपर्दछ र कुनै बहानामा पनि तिनको उल्लंघन गर्नुहुँदैन भन्ने हो । तर, पार्टीको निर्णय र निर्देशनप्रति सहमत नहुने पार्टी सदस्यहरुले आफ्नो मत सुरक्षित राख्न पाउने अधिकार राख्छन् र साथै आफ्नो तह फडकेर सिधै केन्द्रीय समिति र त्यसको अध्यक्षलाई रिपोर्ट गर्न सक्छन् ।

अल्पमत बहुमतको अधिनस्थ हुन्छः यसको अर्थ पार्टी संगठनहरुले पारित गरेका प्रस्तावहरुलाई पार्टी सदस्यहरुले दृढतापूर्वक लागु गर्नुपर्दछ भन्ने हो । अल्पमतको विचार अस्वीकार भएपछि अल्पमतमा भएकाहरुले बहुमतले गरेको निर्णयलाई कार्यान्वयनमा समर्थन गर्नु पर्दछ । आवश्यक प¥यो भने, त्यो विषयलाई छलफलका निम्ति पुनः एकपटक कार्यसूचीमा राख्न सकिन्छ तर कुनै हालतमा पनि कार्यान्वयनमा विरोध जनाउन पाईदैन ।

तल्लो तह माथिल्लो तहको अधिनस्थ हुन्छः यसको अर्थ माथिल्लो तहका संगठनले निर्धारण गरेका निर्णयहरु, निर्देशनहरु र कामहरुले तल्लो तहका पार्टी संगठनहरुलाई दरोगरी बाध्नु पर्दछ र कार्यान्वयनको ग्यारेन्टी हुनु पर्छ भन्ने हो । तिनीहरु सिङ्गो पार्टीको हित विरुद्ध, यसको एउटा हिस्साको हितमा खडाहुन पाउंदैनन्, न त तिनीहरुले माथिल्लो तहको निर्णयलाई अस्वीकार गरेर वा त्यसको विरोध गरेर सिङ्गो पार्टीको केन्द्रीकृत एकतालाई ध्वस्त पार्न नै पाउंछन् ।

पुरा पार्टी केन्द्रीय समितिको अधिनस्थ हुन्छः यो पार्टी अनुशासनको सर्बोच्च सिद्धान्त हो । अध्यक्ष माआको नेतृत्वमा रहेको पार्टीको केन्द्रीय समिति सिङ्गो पार्टी, सेना र जनताको नेतृत्वदायी केन्द्र हो । अध्यक्ष माओका निर्देशन र केन्द्रीय समितीका आव्हानहरुले सर्बहारा वर्ग र हाम्रो देशका आम जनताको हितको प्रतिनिधित्व गर्दछन् र यिनले क्रान्ति र निर्माणमा विजय प्राप्त गर्ने कुराको ग्यारेन्टी गर्दछन् । सधैं र जुनसुकै परिस्थितिमा पनि हामीले अध्यक्ष माओले नेतृत्व गर्नु भएको पार्टीको केन्द्रीय समितिका निर्देशन अनुसार बोल्नु र काम गर्नुपर्दछ र अति जनवाद, अति परनिर्भरता र पार्टी अनुशासनलाई ध्वंश गर्ने अन्य व्यवहारहरुलाई रोक्नु पर्दछ र साथै तीनलाई दृढतापूर्वक पराजित गर्नु पर्दछ ।

वस्तुतः पार्टी अनुशासनलाई सम्मान गर्ने भन्नुको अर्थ त्यसमा अन्धसमर्पण होइन । हाम्रो पार्टीमा अध्यक्ष माओले प्रतिनिधित्व गर्नुभएको सही कार्यदिशा नै नेतृत्वदायी स्थानमा छ तर पनि खास–खास समयमा गलत कार्यदिशा र प्रवृत्तिहरु पनि देखा पर्न सक्छन् । यदि कतिपय ईलाका तथा क्षेत्रहरुमा मानिसहरुले ती गलत कार्यदिशा र प्रवृत्तिहरुलाई सही ठानेर त्यसको पक्षमा उभिए भने एउटा कम्युनिष्ट पार्टीको सदस्य त्यसका विरुद्ध खडा हुनु पर्दछ र अध्यक्ष माओको क्रान्तिकारी कार्यदिशा र पार्टी अनुशासनको रक्षागर्न ज्वारभाटाका बिरुद्ध जान हिम्मत गर्नु पर्दछ ।
पार्टी अनुशासनको सम्मान गराउन हामीले पार्टी सदस्यहरुको चेतनास्तरलाई माथि उठाउनु पर्दछ । सर्बहारा अनुशासन सचेत अनुशासन हो, यो बुर्जुवाहरुको प्रतिक्रियावादी अनुशासन भन्दा आधारभूत रुपले नै फरक छ । बुर्जुवाहरुको अनुशासन जनताको शोषण र दासत्वको आधारमा स्थापित हुन्छ र यो उत्पीडनकारी उपाय तथा झुट मार्फत मात्र पालना हुन सक्छ । अर्को्तिर लेनिनले औंल्याउनु भयो कि सर्बहारा अनुशासन पार्टीका सबै सदस्यहरुको चेतनामा आधारित हुन्छ, “सर्बहारा अग्रदस्ताको वर्गीय चेतना र यसको क्रान्तिप्रतिको समर्पणले, दृढता, आत्म–वलिदान र वीरताले” (१४५) यो कायम हुन्छ, परिक्षित हुन्छ र सुदृढ हुन्छ । पार्टी अनुशासन अनिवार्य भए पनि यसको प्रयोग भने सर्बथा पार्टी सदस्यको उच्च चेतनास्तरमा भर पर्दछ । यो चेतनाको स्रोत पार्टी तथा जनतामा सदस्यहरुको सम्मानभाव र क्रान्तिकारी उद्देश्यप्रति तिनीहरुको उच्च जिम्मेदारी बोधमा निहित हुन्छ । यो उच्चस्तरको चेतनाको कारणले तिनीहरु क्रान्तिको हितलाई पहिलो स्थानमा राख्न, आफ्ना स्वार्थहरुलाई क्रान्तिको अधिनमा राख्न र पार्टी अनुशासन संरक्षण गर्नका लगि जीवन वलिदान गर्न पनि नडराउने बन्छन् । परिस्थिति जतिसुकै कठीन भए पनि यो उच्चस्तरको चेतनाका कारणले तिनीहरु “कठीनाई र मृत्युबाट नडराउने” (१४६) र पार्टी अनुशासनलाई दृढतापूर्वक लागु गर्ने बन्छन् र पार्टी नेतृत्वबाट अलग भए पनि, तिनीहरुलाई रेखदेख गर्न वरिपरी कोई नभए पनि तिनीहरु आफै पार्टी अनुशासन प्रति स्व–आग्रही बन्छन् र त्यसलाई सचेत ढङ्गले मान्ने हुन्छन् ।

पार्टीका गोप्य कुराहरुलाई जोगाउने मामलामा निर्मम यातनाका सामु पुरा दृढ रहेर लिउ हुलान कसैले हल्लाउन नसक्ने ठहरिईन्, र पार्टीको हितको रक्षा गर्दै बहादुरी पूर्वक दुश्मनको चक्कुडबाट आफ्नो बलिदान स्वीकारिन् । लडाईको मैदानको अनुशासनलाई सम्मान गर्दै स्वयंशेवक सेना लुकेको ठाउँलाई गोप्य राख्न दन्केको आगाको ज्वालाले पिल्स्याउंदा पनि चिउ शाओ–युन निश्चल भए र चुप लागेर बसे । लडाईका कामलाई सफलतापूर्वक सम्पन्न गर्ने कुराको सुनिस्चितता गर्न उनले आफ्नो जीवन वलिदान गरे । यी क्रान्तिकारी शहीदहरुबाट प्रेरणा लिएर कम्युनिष्ट पार्टीका सबै सदस्यहरुले निष्ठापूर्वक माक्र्सवादी–लेनिनवादी शास्त्रीय सामाग्रीहरु र माओका कृतिहरु अध्ययन गर्नु पर्दछ, तिनीहरुको वैचारिक चेतना उठाउन प्रयत्न गर्नु पर्दछ, तिनीहरुको सर्बहारावादी पार्टी स्पिरिटलाई बलियो बनाउन र पार्टी अनुशासनलाई सचेत ढङ्गले सम्मान गर्ने नमुनाको रुपमा काम गर्नु पर्दछ । पार्टी अनुशासनको सम्मान गर्न हामी सबैले यसको अपमान गर्ने व्यवहारको विरोध गर्नु पर्दछ । सबै कम्युनिष्टहरु पार्टीको अडानमा बांधिनु पर्दछ र निडर हुने क्रान्तिकारी स्पिरिट प्रदर्शन गर्नु पर्दछ । तिनीहरु सर्बहारा वर्गको क्रान्तिकारी सिद्धान्तमा बांधिनु पर्दछ, पार्टीमा घुसेका बुर्जुवाका एजेण्टहरुले पार्टीलाई ध्वंश गर्ने षडयन्त्रहरुका विरुद्ध संघर्ष गर्नु पर्दछ र पार्टी अनुशासनका विरुद्ध हुने सबै कामहरुको विरोध गर्नु पर्दछ । एउटा कम्युनिष्टमा यो भाव छ कि छैन भन्ने कुराले उसको पार्टी स्पिरिटको सबल र दुर्बल पक्ष देखाउँछ ।

हाम्रो पार्टीमा “आफुलाई व्यक्तिगतरुपमा असर गर्दैन भने कुराहरु अगाडि बढन दिने”, “गलत के हो भन्ने सबै कुरा बुझेर पनि थोरै भन्दा थोरै बोल्ने” अथवा “शव्दले बाठो हुन खोज्ने, सुरक्षित खेल खेल्ने र दोषबाट छलिन मात्र खोज्ने” जस्ता पार्टी अनुशासनसंग मेल नखाने गरी सधैं उदारवादी धारणा राख्ने कमरेडहरु पनि छन् । यो जसरी आगो संग पानी मिल्दैन त्यसरी नै कम्युनिष्टहरुको क्रान्तिकारी स्वभाव सँग नमिल्ने अत्यन्त विकृत र बुर्जुवाहरुको कुहेको शैली हो । पार्टी अनुशासनलाई अपमान गर्ने कामका बिरुद्ध हामीले संघर्ष गर्दैनौं भने, हामीले त्यसको खरो विरोध गर्दैनौ भने, तिनीहरु प्रति उदारवादी रबैया अपनाउँछौं भने हामीले असलबाट खराबलाई छुट्याउन नसक्ने, हानीकारक कार्यशैली फैलिन दिने र यसरी पार्टीको हितलाई नोक्सान पुर्याउने खतरा निम्त्याउने छौं । कम्युनिष्टले कसरी व्यवहार गर्नुपर्छ भन्ने बारे माओले हामीलाई सिकाउनु भएको छ, “सधैं र जहाँ पनि उ सिद्धान्तसँग जोडिनु पर्दछ र सबै गलत विचार र कामहरुका विरुद्ध उसले अथक संघर्ष गर्नुपर्दछ ।” (१४७) हामीले यस्तो क्रान्तिकारी स्पिरिट देखाउनु पर्दछ र पार्टीको अनुशासनको रक्षा गर्न संघर्ष गर्नुपर्दछ ।

पार्टी अनुशासनलाई सम्मान गर्नका निमित्त हरेक कम्युनिष्टले, विशेषतः विभिन्न तहका नेतृत्वदायी कमरेडहरुले सचेत ढङ्गले जनताको आलोचना र नियन्त्रणलाई स्वीकार्नु पर्दछ । हाम्रो राज्य सर्बहारा वर्गको अधिनायकत्वको समाजवादी राज्य हो, श्रमजीवि वर्ग, गरीव तथा मध्यम किसान र आम मेहनती जनता यसका मालिक हुन् र तिनीहरु संग पार्टी र राज्यका विभिन्न तहका कार्यकर्ता माथि क्रान्तिकारी नियन्त्रण लागु गर्ने तागत रहन्छ । तर, पार्टी भित्र वा बाहिरका जनताले आफ्नो टिप्पणी राख्दा त्यसलाई थेग्न नसक्ने सानो संख्यामा केही कार्यकर्ताहरु रहेका हुन्छन् । यी कार्यकर्ताहरु आलोचनालाई दबाउने र बदला लिने हदसम्म पनि जान्छन् । यसलाई पार्टी अनुशासनले अनुमति दिदैन । हामीले पार्टी अनुशासनको विरोधमा खडा हुने यस्ता गतिविधिका विरुद्ध गर्नुपर्ने कठोर संघर्षको प्रश्नलाई दुई–लाईन संघर्षको उच्च तहबाट हेर्नु पर्दछ ।
                                                                                                                                     

 चिनियाँ कम्युनिस्ट पार्टीको आधारभूत बुझाई (साङ्घाई १९७४) पुस्तकबाट