एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारले ल्याएको कृषि कानुनको प्रति विधानसभा बैठकमा च्यातेका छन्। बिहीबार डाकिएको विधानसभाको विशेष सत्रमा बोल्दै केजरीवालले केन्द्र सरकारलाई ‘बेलायतीहरुभन्दा खराब नबन्न’ सुझाए।
नरेन्द्र मोदी सरकारले ल्याएको तीन वटा कृषिसम्बन्धी कानुनको विरोधमा किसानहरु हप्तौँदेखि आन्दोलनमा छन्। ‘म यो सभामा यी तीन कृषि कानुन च्यात्छु र केन्द्रलाई बेलायतीहरुभन्दा खराब नबन्न आग्रह गर्छु,’ ती कानुन च्यात्दै केजरीवालले भने, ‘महामारीका बीचमा संसदबाट कृषि कानुन पारित गर्नुपर्ने हतार के थियो?’
ती कानुनविरुद्ध दिल्ली विधानसभामा नाराबाजी समेत भएको छ। केजरीवालको आम आदमी पार्टीले किसानहरुको आन्दोलनलाई समर्थन गर्दै आएको छ।
Tags :
सम्बन्धित खवर
नेपाल–भारत सीमालगायत विषयमा उच्च कूटनीतिक वार्ता
१ महिना अगाडि
चन्द्रमाको सतहको नमुना लिएर फर्कियो चिनियाँ यान
३ हप्ता अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्