अज्ञात समूहद्वारा खानेपानी पाइपमा आगजनी 

कालिमाटी लिफ्टिङ्ग योजनाको पाईपमा आगजनी

अज्ञात समूहद्वारा खानेपानी पाइपमा आगजनी 

मंसिर १७, अर्घाखाँची । पाणिनी गाँउपालिकामा एक खानेपानी आयोजनाको पाईपमा अज्ञात समुहद्धारा आगजनी गरिएको छ । कालिमाटी लिफ्टिङ्ग खानेपानी योजनाको पाईप अज्ञात समुहद्धारा आगजनी  भएको हो ।

वडा नं. ३ को खिदिममा रहेको कालिमाटी लिफ्टिङ्ग योजनाको पाईपमा आगजनी हुँदा लाखौको क्षति भएको छ । खानेपानी आयोजना अन्तिम अवस्थामा पुगेको बेला यसरी पाईप जलाईनु दुःखद भएको पालिका उपाध्यक्ष लक्ष्मी गौतमले बताउनुभयो ।

पाईप किन जलाईयो भन्ने विषयमा थप अनुसन्धान हुने खानेपानी योजनाका अध्यक्ष बिष्णु प्रसाद अर्यालले जानकारी दिनुभयो ।