दाङ । कोरोनाका भाईसरका त्रासले दाङका १३ सय होटल बन्द भएका छन् । होटल बन्द हुदा व्यवसायीले दैनिक १ करोड ३५ लाख रुपैयाँ घाँटा बेहोर्नु परेको छ । जिल्लाको घोराही,तुलसीपुर लमहीमा रहेका सम्पूर्ण होटल बन्द भएको होटल व्यवसायी संघ दाङले जनाएको छ । कोरोनाका त्रासले आन्तरिक तथा वाह्य पर्यटक आउँन छाडेपछि होटल बन्द भएको होटल व्यवसाय संघका अध्यक्ष रुद«बहादुर डाँगीले जानकारी दिनुभयो । पहिले भारत तथा अन्य मुलकबाट दैनिक एक सय पर्यटक जिल्ला भित्रिने गरेपनि पछिल्लो समय कोरोनाको त्रासले पर्यटक आउँन छोडेका छन् । यस्तै सरकारले सरकारी तथा गैर,सरकारी संघ संस्थाका कार्यक्रम गर्न रोक लगाएपछि होटल व्यवसाय ठप्प भएको व्यवसायी व्यवसायी वताउँछन । अहिले जिल्लाभर झण्डै ५ हजार कामदार कार्यरत भए पनि उनिहरुलाई तलब खुवाउँन नै समस्या भएको व्यवसायीको गुनासो छ । होटलहरु बन्द हुदा किसानले उत्पादन गरेका तरकारी जन्यबस्तु पनि विक्री वितरण हुन छाडेका छन् ।
सम्बन्धित खवर
सरकारले २२ अर्ब वैदेशिक ऋण लिने
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्