बाल बिकास माबिको  अध्यक्षमा डाँगी    

दाङ ।बाल बिकास घोराहीकोको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा  घोराही उप– महानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगी सर्वसम्मत रुपमा चयन हुनु भएको छ । विद्यालय व्यवस्थापन समितिको बैठकले डाँगीलाई अध्यक्षतमा सर्बसम्मत रुपमा चयन  गरेको हो । समितिको सदस्यहरुमा दिलकुमारी बुढा, निर्मल देवकोटा,बिनोद रोकामगर, कुमारी पुन,माया विक,नैनशिंङ घर्ती मगर,रहनु  भएको छ । विद्यालय व्यवस्थापन समितिको सदस्य सचिवमा विद्यालयका प्र.अ राजेन्द्र श्रेष्ठ रहनु भएको छ ।  त्यस अबसरमा बोल्दै नवनिर्वाचि अध्यक्ष डाँगीले विद्यालय सुधारका लागि आफु निरन्तर लाग्ने वताउँनुभयो । उहाँले नयाँ जिम्मेवारी काधमा थपिएको बताउँदै बाल–बालिकाको शैक्षिक सुधारका लागि आफु निरन्तर लाग्ने वताउँनुभयो । सो अबसरमा घोराही उप–मानगरपालिकाको शिक्षा,युवा तथा खेलकुद महाशाखाका अधिकृत नाराणय पौडेले शुभकामना व्यक्त गर्नु भएको थियो । त्यस अबसरमा विद्यालयका निवर्तमान अध्यक्ष राधा केसीले अध्यक्ष डाँगीलाई विद्यालयको माईनुट हस्तान्तरण गर्नु भएको थियो ।