दाङ ।घोराही उपमहानगरपालिकाले फालिएका प्लाष्टिक र प्लाष्टिकजन्य वस्तु उपभोक्ताबाट खरीद गर्ने भएको छ । प्लाष्टिकजन्य पदार्थ उपमहानगरपालिकाले किन्ने भएकाले घरबाट बाहिर नफाल्न बरू उपमहानगरपालिकालाई बेच्न उपभोक्तालाई आग्रह गरेको छ । घोराही उप–महानगरपालिकाले कार्यविधि बनाइसकेपछि प्लाष्टिक खरीदको कामलाई अघि बढाइने उप–महानगरपालिकाका वडा नंं.१४ अध्यक्ष एवं वातावरण तथा विपत्त व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिनुभयो ।
पहिले कुन–कुन वडाको कहाँबाट प्लाष्टिक खरीद गर्ने भनेर कार्यविधि बनाउँछौँ, डाँगीले भन्नुभयो ‘कार्यविधि बनाएपछि प्लाष्टिक खरीदलाई अघि बढाइनेछ ।टोल विकास संस्था, सामुदायिक वन, युवा क्लबलगायतका संघ संस्थामार्फत प्लाष्टिक खरीद गरिने प्लाष्टिकजन्य पदार्थलाई उपमहानगरपालिका आफैंले बिक्री गर्ने छ । त्यसका लागि हेटौँडामा रहेको प्लाष्टिक उद्योगसँग कुरा अघि बढाइएको संयोजक डाँगीले बताउँनुभयो । घोराही उपमहानगरपालिकामा दैनिक २३ टनसम्म फोहर संकलन हुँदै आएको छ । बजार क्षेत्रको फोहरलाई वडा नम्बर १६ स्थित डम्पिङ साइटमा बिसर्जन गरिदै आएको छ ।
सम्बन्धित खवर
कैलालीमा आयोजक कमिटी गठन : युवा संगठन नेपाल
विभाजित डबल नेकपा : दुवै समूहको नजर 'सूर्य' चिन्हतिर
बेपत्ता परिवारको सपना साकार पार्छौ : नेकपा
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्