सिर्जनशील विद्यार्थी समूहको नयाँ कार्यसमिति चयन

जनबाटो संवाददाता । गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३, ठूलो लुम्पेकमा रहेको श्री भानु आधारभुत विद्यालय अध्ययनरत विद्यार्थीहरुको समूह सिर्जनशील बिद्यार्थी समूहको पुनगर्ठन भएको छ । विद्यार्थीहरुको एक भेलाले १५ सदस्यीय नयाँ कार्यसमिति पुनर्गठन गरेको हो ।

गौतम श्रीस मगरको अध्यक्षतामा गठन भएको समूहको उपाध्यक्षमा करिश्मा राहादी मगर, सचिव परिसा तरामु मगर, सहसचिवमा कुन्ती राहादी मगर, कोषाध्यक्षमा देउकुमारी तरामु मगर, सहकोषाध्यक्षमा निर्मल तरामु मगर र सदस्यहरुमा मिसा तरामु मगर, एनिता तरामु मगर, दानमाया तरामु मगर, टोपली तरामु मगर, मनिषा पुलामी मगर, मिदुस तरामु मगर, खोमन थापा मगर, लेसमन राहादी मगर र मेनुका श्रीस मगर रहेका छन् ।

समूहले विद्यालयमा विभिन्न सिर्जनात्मक क्रियाकलापहरु गर्दै आइरहेको छ ।