सर्बोच्च अदालतको निर्णय अवहेलना गर्दै प्रकाण्ड र भुजेललाई प्रहरीद्वारा पुनः गिरफ्तार

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्डलाई’ सर्वोच्च अदालतको आदेशमा रिहा भएका प्रकाण्डलाई प्रहरीले भर्खरै गिरफ्तार गरेको छ ।

प्रकाण्डसँगै पोलिटब्यूरो सदस्य उमा भुजेललाई पनि रिहा लगत्तै सर्वोच्च परिसरबाट गरिफ्तार गरेको छ । भुजेललाई नुवाकोटमा राख्दै आएको थियो ।

गैरकानूनी रुपमा थुनामा राखको भन्दै विरेन्द्र विश्वकर्माले रिहाइको माग गर्दै दायर गरेको रिटमाथि न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले प्रकाण्डलाई आजै अदालतको मुख्य रष्ट्रिारको रोहवरमा छाड्न आदेश दिएको थियो । रिहापछिको प्रकाण्डको गिरफ्तारी यो पाँचौ पटक हो ।

आदेशमा यसअघिदेखि नै सर्वोच्चको आदेशमा रिहाई हुँदै आएका प्रकाण्डलाई तत्कालै सरकारले पटकपकट गिरफ्तार गरी थुनामा राख्ने गैरकानूनी कार्य गरेको ठहर गर्दै संविधानले प्रत्याभूत गरेका वैयक्तिक स्वतन्त्रताको हक उपभोग गर्नबाट निवेदक वन्चित हुन गएको भन्दै इजलास संवेदनशील भएको जनाएको छ ।

‘नागरिकको मौलिक हक कुण्ठित हुँदा मौलिक हकको प्रचलनको लागि यस अदालतबाट एउटै व्यक्तिको गैरकानूनी थुनाको सम्बन्धमा पटकपटक आदेश जारी गर्नु परेको सन्दर्भमा कही यस अदालतको आदेश निस्तेज पार्ने र छल्ने प्रयत्न गरिएको त होइन ?’ भनेर सरकारमाथि सर्वोच्चले गम्भीर प्रश्न उठाइएको छ ।