सरकारको संरक्षणमा तरकारी बिचौलिया

जनबाटो संवाददाता । देशैभर हरेक क्षेत्रमा बिचौलियाहरुको हालीमुहाली छ । कमिसनको खेलले उपभोक्ताहरु चरम मारमा छन् । दैनिक उपभोग्य वस्तुहरुमा हुने बिचौलियाहरुको चलखेल, उनीहरुको कमिसनको खेलले किसान र उपभोक्तालाई सताएको छ ।

खासगरीकन बिचौलियाका कै कारण किसानहरुले उत्पादनको कम मूल्य पाउने र उपभोक्ताहरुले महंगोमा तरकारी किन्नुपर्ने बाध्यता छ । यसको मुख्यका कारण बिचौलियाहरुको कारणले नै हो । तर बिडम्बना ! सरकारले किसानको संरक्षण र उपभोक्ताहरुलाई सस्तोमा तरकारी उपलब्ध गराउनुको साटो बिचौचियाहरुको संरक्षण सरकारले नै गरेको कारण उपभोक्ताहरुले सबैभन्दा धेरै सास्ती खेप्नु परेको छ ।

किसान र उपभोक्ताहरुले भोग्नुपरेको पीडाबारे सरकार मौन भएकै कारण उनीहरु ठगिनु परेको छ । सरकारले सस्तो लोकप्रियताका लागी यसबारे विभिन्न छानबिन समितिहरु बनाएर प्रतिवेदनहरु सार्बजनिक भएपनि त्यो कार्यान्वयन हुन सकेको छैन । बरु सरकारको मिलोमतोमा तरकारी ब्यवसायमा बिलौलियाको राज चलिरहेको छ ।