‘सरकारको निर्णय आत्मघाती हुनेछ, फिर्ता गर’ : दिल साहनी

बुटवल – वरिष्ठ वामपन्थी लेखक, माक्र्सवादी चिन्तक एवं राजनीतिक विष्लेषक दिल साहनीले विप्लव नेतृृत्वको नेपाल कम्युनिष्ट पार्टीलाइ सरकारले पहिले नै प्रतिवन्ध लगाएको भन्दै घोषणा मात्र अहिले भएको दाबि गरे , ‘प्रतिवन्ध लगाउनै आवश्यक थिएन ,सिके राउत संगको सम्झौतालाई डाइभट गर्न विप्लप समूहलाई प्रतिवन्ध लगाएको हो ।’
सरकारले आत्मघाती निर्णय गरेको भन्दै उनले शान्तिपूर्ण गतिविधी गर्न समेत रोक लगाउन नहुने बताए ।
‘अमेरिकामा जमेको सिके राउतलाई कुनै शक्तिले यहां पढाएर आएको हो,यहा छुट्टै मधेश देश घोषणा गर्ने र पश्चिमा देशले राजनीति गर्ने मनसाय देखिन्छ ’ उनले बिश्लेषण सुनाए ।
उनले भने —‘फ्रि मधेशको कुरा मधेशीको पक्षमा पनि छैन र समग्र नेपाली जनताको पक्षमा हुने त कुरै भएन् , सरकारले लिखित रुपमा नै स्पष्टीकरण दिनुपर्छ ।’

रिपोर्टर्स क्लव प्रदेश ५ को कार्यालय बुटवलमा आयोजित साक्षात्कारमा बोल्ने बक्ताहरुले सरकारले बिप्लव नेतृत्वको नेकपालाइ चिढ्याएर मुलुकमा त्रास र द्वन्द्व फैलाउने काम गरेको भन्दै सरकारलाइ सम्यम र परिपक्व बन्न समेत सुझाए ।
नागरिकको दुइतिहाइबाट बनेको बाम सरकारले गरेका हालैका दुबै निर्णय नेपालको राजनीतिमा राज्यको गंभिर त्रुटीका परिदृष्यमा दर्ज भएको बताए ।