श्री धर्मपुर माविको ५८ औं बार्षिकोत्सव सुरु, ३ दिनसम्म विविध कार्यक्रम गरि मनाइने

ठूलो लुम्पेक । गुल्मीको सत्यवती गाउँपालिका ३ ठूलो लुम्पेक स्थित श्री धर्मपुर माध्यमिक विद्यालयको ५८औ बार्षिक उत्सवको उद्घाटन भएको छ । बार्षिक उत्सवको उद्घाटन गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले गरेका हुन् । उद्घाटनको सन्दर्भमा सयौंको संख्यामा रहेका विद्यार्थी, अभिभावक तथा शिक्षकहरुले प्रभातफेरी गरेका छन् ।

उद्घाटन कार्यक्रममा सत्यवती गाउँपालिका ३ का वडा अध्यक्ष रुकबहादुर राना, कार्यपालिका सदस्य तेजकुमारी थापा, वडा सदस्य अर्जुन तरामु, सरोज राना, शान्ती वि क, नेपाल शिक्षक माहासंघ गुल्मीका सह–अध्यक्ष गुणदेव सिंजाली भु पू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितु तरामु, भुपू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री बुद्ध राहादी, समाजसेवीहरु सुवेदार मेजर कोम ब श्रीस, नेत्र राना, टोपला देवी थापा, खोम सिंजाली श्री भानु आधारभुत विद्यालयका प्रअ खिमलाल राहादी, श्री गोगलपुर आधारभूत विद्यालयका शिक्षक प्रतिनिधि खोम थापा, श्री सिद्ध आधारभुत विद्यालयका शिक्षक प्रतिनिधि पूर्ण ब राहादी, श्री नेरा गगनपुर आधारभुत विद्यालयका शिक्षक प्रतिनिधि प्रकाश थापा, श्री मनोकामना आधारभुत विद्यालयका प्रअ कौसल ज्ञवाली, मराङदी खानेपानीका अध्यक्ष बेल ब थापा, समाजसेवी गिरबहादुर बि क लगायत सहभागी हुनु भएको व्यवस्थापन समितिका अध्यक्ष तथा राजनीतिज्ञ टिका राना मगरले बताए ।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिका राना मगर, स्वागत विद्यालयका प्रअ बलबहादुर राहादी, सञ्चालन सहायक प्रअ जुक्तबहादुर थापाले गरेका थिए । बार्षिकोत्सवको अवसरमा विविध खेलकुद, सांस्कृतिक र अन्तर आधारभुत विद्यालय हाजिर जवाफ प्रतियोगिता समेत आयोजना गरिएको छ । कार्यक्रमको अन्तिम दिन मंसिर १६ गते बिद्यालयका भूमिदाता, चन्दादाता, अक्षयकोष दातालाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष टिका राना मगरले बताए ।

फोटो– टिका राना मगर, बलबहादुर राहादी मगर