शिक्षिकाबीच भलिबल प्रतियोगिता, एक्सिस मावि प्रथम

बुटवलस्थित मणिमुकुण्द मावि/कलेजमा गठित विद्यार्थीहरुको संगठन एमएससीसी र एमएएसएसको आयोजनामा रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्यापनरत शिक्षिकाहरुवीच अन्तरविद्यालय स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

तीज पर्वको अवसरमा आयोजित प्रतियोगितामा एक्सिस मावि सुख्खानगर प्रथम, लिटिल प्याराडाइज इङ्लिस मिडियम स्कूल दोस्रो र एभरेष्ट बोर्डिङ स्कुल सुख्खानगर तेस्रो स्थान भएको छ ।

प्रथम स्थान प्राप्त गर्ने एक्सिस माविका शिक्षिकाहरु हुमी तरामु मगर, दिव्या थापा, तारा बुढा, बिमला थापा, जमुना सारु, रिना थापा, बर्षा बुढा रहेका छन् । दोस्रो स्थान प्राप्त गर्ने लिटिल प्याराडाइज इङ्लिस मिडियम स्कूलका शिक्षिकाहरु सुष्मा हमाल, ज्योति गुप्ता, सुजिता गुरुङ, बिष्णु आले, सुनिम गुरुङ, गौरी थापा, साबित्रा थापा रहेका छन् भने तेस्रो स्थान प्राप्त गर्ने एभरेष्ट बोर्डिङ स्कूलका शिक्षिकाहरु उमा थापा, मिना केसी, प्रिती थापा, सोविता रिमाल, सुवर्ण केसी, मञ्जु कार्की, मीना थापा र मञ्जु भण्डारी रहेका छन् ।

त्यसैगरी उत्कृष्ट खेलाडीको रुपमा एक्सिस माविका शिक्षिका रिना थापा र उत्कृष्ट सर्वरको रुपमा एक्सिस माविकै जमुना सारुले प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपमेयर गोमादेवी आचार्यले मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरेकी थिइन् ।