‘शिक्षा समयानुकूल हुनुपर्छ’ : मन्त्री बराल

बुटवल, १५ मंसिर । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले समयलाई बुझ्न सक्ने खालको शिक्षा आवश्यक पर्ने बताएका छन् । उनले शिक्षा व्यवहारिक उत्पादनमूलक हुनुपर्ने बताए । रुपन्देहीको तिलोत्तमा १४ मा सञ्चालित नमस्ते एकेडमीले शनिबारदेखि आयोजना गरेको खेलकुंद महोत्सव कार्यक्रममा बोल्दै शिक्षमा नयां बहसको खांचो रहेको बताए ।

शिक्षाबाट कसैलाई पनि बन्चित गराउन नहुने बताउंदै मन्त्री बरालले शिक्षाले पछिल्लो समयमा फड्को मार्दै गएको बताए । उनले शिक्षालाई गुणस्तरीय बनाउनका लागि प्रदेश सरकार सबैको सहयोगी बन्ने बताउंदै गुणस्तरीय र सर्वशुलभ बनाउन आग्रह गरे । मन्त्री बरालले शिक्षा अहिलेको अपरिहार्य आवश्यकता रहेको उल्लेख गर्दै अवको शिक्षाले सबैलाई समेट्नुपर्नेमा जोड दिए । उनले हुनेखानबाट केही निश्चित प्रतिशत आर्थिक लिएर हुंदाखानको लागि लगानी गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै नमस्ते एकेडमीका प्राध्यानाध्यापक डाक्टर स्यायुमल स्यापथले रुपन्देहीको शिक्षामा नयां प्रकृतिको थालनी गरिएको बताए ।

विद्यालयका एकेडमीक डाईरेक्टर राजेन्द्र कुंवरले हाल करिव ३ सय बढि विद्यार्थीले अध्यायन गर्दै आएको जानकारी दिए । विद्यालयले विगत केही समयदेखि खेलकुंदका विभिन्न क्रियाकलापहरु गर्दै आएको थियो । विभिन्न ८३ प्रकारका खेलकुंद क्रियाकलाप गरेको विद्यालयले १८ सय विभिन्न विद्यामा विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले शिक्षाको क्षेत्रमा सुधार ल्याउनको लागि नगरपालिका प्रतिवद्व भएर लागेको बताए । विद्यालय सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद भुसालको अध्यक्षतमा कार्यक्रम भएको थियो ।